clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
क्याराभान हिरो थिन्लेको मृत्यु
 
रुपलाल वोहोरा
रेडियो डोल्पा एफएम
   डोल्पा, बैशाख १२ – ओस्कार पुरस्कारमा दर्ता भएको फिल्म क्याराभानका हिरो थिन्ले लुण्डुप लामाको घरतर्फ जाने क्रममा फोक्सुण्डो गाविसको छेप्का भन्ने ठाउंमा घोडाबाट लडेर आइतवारै मृत्यु भएको छ ।
   आइतवार विहान ११ बजे दुनैबाट आफ्नो घर साल्दाङतर्फ हिडेका विश्व चर्चित फिल्म क्याराभानका हिरो साल्दाङ गाविस ५ साल्दाङका ७२ वर्षिय थिन्ले लुण्डुप लामाको फोक्सुण्डो गाविस छेप्का भन्ने ठाउंमा खच्चरले धकेलेपछि घोडा सहित लडेर मृत्यु भएको रामकृष्ण रेग्मीले बताए । 
   फोक्सुण्डो तर्फबाट आउदै गरेका खच्चरले थिन्ले चडेको घोडालाई धकेलिदिए पछि घोडा सहित उनी लडेका थिए । घोडा घट्नास्थलमै मरेको थियो भने थिन्लेको केही समय पछि मृत्यु भएको जानकारी थिन्लेका नजिकका मान्छेहरुबाट भरखरै प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक ध्रुवराज राउतले बताए । घट्नास्थल तर्फ प्रहरी टोली पठाउने तयारी भैरहेको पनि प्रनाउ राउतले जानकारी दिए । 
   हिरो थिन्लेको मृत्युले डोल्पा लगायतका विभिन्न कलाकर्मीहरु मात्र होइन सम्पूर्ण डोल्पालीहरु शोकाकुल बनेको छ । हिरो थिन्लेको लाश ल्याउन आइतवार ढिलो भएकोले हेलिकोप्टर मगाउन नसकिएको र सोमवार बोकेरै दुनै ल्याउने वा हेलिबाट ल्याउने छलफल भैरहेको थिन्लेका दुनैस्थित घरभेटी रामकृष्ण रेग्मीले बताए । 
   घट्नाका बारेमा विस्तृत जानकारी प्राप्त भै नसकेकाले प्रहरी टोली पठाउने तयारी भैरहेको र प्रहरी घट्नास्थल पुगेर फर्केपछि सबै जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्