clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डिपिएल क्रिकेट प्रतियोगितामा दुनै व्यापारि टिम बिजयी
 
मंगला बुढा
रेडियो डोल्पा एफएम
   डोल्पा, बैशाख ११ – शनिवार सम्पन्न दुनै प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेलमा दुनै व्यापारी टिम ९ ओभरमै लक्ष्य पुरा गरी कुनै पनि विकेट नगुमाएर लिग बिजेता बनेको छ । 
   लिग चरणको खेलमा सबैलाई पछि पार्दै जिल्ला प्रहरी कार्यालय टिम र दुनै व्यापारी टिम फाइनलमा पुगेका थिए । फाइनलमा पुगेका दुई टिम बिच शनिवार खेलकुद विकास समिति डोल्पाको खेल मैदान दुनैमा भएको फाइनल खेलमा प्रहरी टिमले २० ओभरको ट्वान्टी ट्वान्टी दुनै प्रिमियर लिग प्रतियोगिताको फाइनल खेलको १७ ओभरमै सबै वीकेट गुमाउदै १ सय ३ रनको लक्ष्य दिएको थियो । 
   पछाडि व्याटिङ गर्ने मौका पाएको दुनै व्यापारी टिमले कुनै पनि वीकेट नगुमाई ९ ओभरमै प्रहरीले दिएको १ सय ३ रनको लक्ष्य पुरा गरी प्रतियोगिताको उपाधि उचालेको छ । सुरुमै व्याटिङ्मा उत्रेका दुनै व्यापारी टिमका २ व्याटम्यानहरु अपार गुरुङ र गणेश बुढाले नै टिमलाई जित दिलाए । 
   नयां वर्ष २०७३ को उपलक्ष्यमा आयोजित यो प्रतियोगितामा दुनै व्यापारी टिम प्रथम, जिल्ला प्रहरी टिम दुनै द्धितीय र लाइन्स टिम दुनै तृतीय भएको आयोजकले जनाएका छन् । 
   प्रतियोगिताका बिजेताहरु प्रथम हुने टिमलाई स्वर्ण पदक र १० हजार नगद पुरस्कार, द्धितीय हुने टिमलाई रजत पदक र ३ हजार नगद पुरस्कार र तृतीय हुने टिमलाई  कास्य पदक प्रदान गरिएको थियो । बिजेता टिमहरुलाई शनिवारै पुरस्कार तथा पदक वितरण गरिएको छ ।
   गत वर्षदेखि हरेक वर्ष नयां वर्षको उपलक्ष्यमा आयोजना गरिने दुनै प्रिमियर लिग क्रिकेट प्रतियोगिता यो वर्ष क्रियटिभ हेन्स बांके र दुनै व्यापारी टिमले संयुक्त रुपमा आयोजना गरेका हुन् । ४ टिम दर्ता भएको यो प्रतियोगितामा सबै टिमले सबै टिमसंग लिग खेल खेलेका थिए । लिग चरणमा सबैभन्दा बढि अंक प्राप्त गर्ने टिमहरु फाइनलमा पुगेको आयोजक दुनै व्यापारी टिमका क्षितिज गुरुङले बताए । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्