समाचार तथा गतिविधि
हतियार सहित मुर्ति लुटेरा पक्राउ
शेरबहादुर बुढा
रेडियो डोल्पा एफएम
डोल्पा, बैशाख १० – अत्याधुनिक छोटा हतियार र ती हतियारका गोली सहित लुटिएका मुर्ति लगायतका सामानाका साथमा बुद्ध मुर्ति लुटेराहरु पक्राउ परेका छन् ।
केही दिन अघि धो गाविस ६ ताक्सीको गाकार गुम्बा र मेकिम गुम्बाबाट हतियार देखाई ऐतिहासिक ४ थान बुद्ध मुर्ति, गुम्बाका लामाको सुनका अक्षर भएको बुद्ध पुस्तक लगायतका धनमाल लुट्ने लुटेरा मध्येका २ जना ३ थान छोटा हतियार सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख ध्रुवराज राउतले बताए ।
इटालियन अटो पेस्तोल ७७७११ नं. ५४ टाइपको १ थान र यसको गोली ३ राउण्ड, इटालियन अटो पेस्तोल ब्०११०१० नं. पेस्तोल १ थान र यसको गोली ७ राउण्ड, कटुवा पेस्तोल १ थान र यसको गोली १३ राउण्ड र फायर भएको गोलीको ३ थान खोका सहित पक्राउ परेका धो गाविस ३ का २६ वर्षिय ढाक्पा गुरुङ् र धो गाविस १ का २८ वर्षिय ढावा गुरुङ्लाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक राउतले उक्त कुरा जानकारी गराए ।
ती गुम्बाहरुबाट गत चैत २८ गते राति ११ बजेतिर हतियार सहित आएको ५, ६ जनाको समूहले लामालाई हतियार देखाई कुटपिट गरी ४ थान बुद्ध मुर्ति, १ थान सुनका अक्षर भएको पुस्तक, लामाकी श्रीमतिले लगाएको पुलिक सहितको मुगाको माला, ४ थान मोवाइल र नगद २ हजार लुटेको थियो ।
स्थानीयहरुको सहयोगमा पक्राउ परेका लुटेराहरुबाट २ साना र १ ठुलो गरी ३ थान बुद्ध मुर्ति, १ थान सुनका अक्षर भएको बुद्ध पुस्तक लगायतका सामानहरु बरामद गरेर सार्वजनिक गरिएको छ ।
लुटिएका मध्ये सबैभन्दा राम्रो १ थान ठुलो बुद्ध मुर्ति, लामाकी श्रीमतिको मुगा माला १ थान, मोवाइल सेट ४ थान र नगद सहित अन्य लुटेराहरु फरार रहेको प्रहरीले जनाएको छ । यो पटकको धो गुम्बा लुटपाटमा ७ भन्दा बढिको संलग्नता रहेको अनुमान प्रहरीले गरेको र अनुसन्धान तथा बांकी लुटेराको खोजी भैरहेको प्रहरीले दाबी गरेको छ ।
यस्ता ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पत्तिहरु धेरै भएको अनुमान गरिएको माथिल्लो डोल्पामा छोटा हतियार सहित लुटेरा निर्विवाद घुमफिर गर्ने गरेका कारण असुरक्षा बढेको गुनासो माथिल्लो डोल्पाबासिहरुको छ ।
वर्षेनी हतियार देखाई माथिल्लो डोल्पाका विभिन्न गुम्बाबाट यस्ता मुर्ति तथा ऐतिहासिक सामान लुटपाट हुने र नभेटिने गरेका छन् । गुम्बा व्यवस्था समिमिा दर्ता भएका र नभएका गरी माथिल्लो डोल्पामा मात्र २ सय भन्दा बढि यस्ता सम्पत्ति रहेका गुम्बाहरु रहेको स्थानीयहरु ज्याम्पा लामा बताउछन् । पछिल्लो समयमा दर्जन बढि गुम्बा लुटिएकोमा यो सहित ४ वटा गुम्बाका केही मुर्तिहरु मात्र फेला परेको र बांकी गुम्बाका मुर्ति सहितका ऐतिहासिक सम्पत्ति नभेटिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार जतिपनि गुम्बाबाट मुर्ति लगायतका ऐतिहासिक सम्पत्ति लुटपाट भएका छन् त्यसमा कुनै न कुनै हिसाबले स्थानीयको सहयोग बिना सम्भव नभएको र यस प्रकारका घट्नामा ठुलै ग्याङ्को संलग्नता रहेको हुनसक्ने स्थानीयहरुको अनुमान पनि सत्य हुनसक्ने र यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





