clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
पानी नपर्दा बाली लगाउन कृषकहरुमा चिन्ता बढ्यो
 
लालबहादुर बुढा
रेडियो डोल्पा एफएम
   डोल्पा, बैशाख ४ – डोल्पाका कृषकहरुले बालि लगाउने समय घर्किदै जांदासम्म पानी नपर्दा कृषकहरुमा बालि लगाउने चिन्ता बढ्दै गएको छ । 
   लामो समयदेखि पानी नपरेका कारण खडेरीले माटोको चिस्यान हराएका कारण मध्य तथा तल्लो डोल्पाका कृषकहरुले बाली लगाई सक्ने समय बैशाखको पहिलो हप्तासम्म हलोको एक सियोसम्म हाल्न नसकिएको कृषक दल रोकायाले बताए । 
   बैशाखको दोस्रो हप्ता भित्र सबै वर्षे बाली छरिसक्नु पर्नेमा पानी नपरेका कारण बैशाखको ४ गते शनिवारसम्म एक गेडो बिउ पनि छर्न नपाइएको लिकुका कृषक विष्णु खत्रीले बताए । 
   जिल्ला कृषि विकास कार्यालय डोल्पाका अनुसार चैतको १५ गते भित्र आलु लगाई सक्ने, बैशाखको दोस्रो हप्ता भित्र मकै, कोदो, चिनो लगायतका वर्षे बालीहरु कृषकहरुले छरिसक्छन् । तर यो वर्ष पानी नपरेर खडेरी भएकाले कृषकहरुमा बाली छर्ने चिन्ता बढेको  छ । 
   खडेरीले माटोको चिस्यान सुकि खरानी जस्तो बनेको माटोमा बिउ छरेर बीउ मात्र खेर जाने देखिएकाले झनै मर्माहत बनाएको कृषक लंकबहादुर बुढाले बताए । खडेरीले कृषकहरुमा बाली छर्ने चिन्ता बढ्नुका साथसाथै आगामी दिनमा भोकमरी हुने चिन्ताले झनै सताउन थालेको जिल्ला कृषि विकास कार्यालय डोल्पाका भिमबहादुर धरालाले बताए । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्