समाचार तथा गतिविधि
डोल्पामा तुवालो कृषकहरु अचम्मित
कविता बुढा
रेडियो डोल्पा एफएम
डोल्पा, बैशाख ५ – डोल्पामा पहिलो पटक तुवालोले मौसम अन्धकारमय बनाएको देख्दा कृषकहरु मात्र होइन सर्वसाधारण सबै अचम्ममा परेका छन् । तुवालोले सबैतिर प्रभावित पारेको छ ।
शुक्रावारदेखि पातलो रुपमा सुरु भएको तुवालो आइतवार बाक्लो बनेको छ । तुवालोका कारण दिउसो १ बजेसम्म घाम नै जमिनमा परेन । दिउसो अबेरसम्म ओल्लोपल्लो डांडा समेत नदेखिने अबस्था रहेको जिल्ला कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।
तुवालोका कारण आइतवार डोल्पाको एक मात्र यातायातको साधन हवाई यातायात पूर्ण रुपमा अवरुद्ध भएको नेपाल नागरिक उड्यायन प्राधिकरण जुफालले जनाएको छ ।
तुवालोले जनजीवन अस्तव्यस्त बनाएको कृषकहरुले बताएका छन् । यस्तो टुइटो (तुवालो) आफ्नो जीवनभर नदेखेको ५२ वर्षिकय कृषक भद्रबहादुर शाहीले बताए । उनले थपे यो नहुने मेसो हो । प्रकृतिले हामीलाई ठगिरहेको छ । कृषि उत्पादन झनै बर्बाद हुने भयो ।
पानी नपर्ने झनै यस्तो बादल नभईकन तुवालो लाग्ने अनि कसरी कृषकहरुले बाली छर्न पाउछन् । तुवालो लागेमा पानी झनै पर्दैन भन्छन् । अब के हुने हो कृषक सन्तोष शाहीले भने ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





