clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
माथिल्लो डोल्पाका गुम्बाबाट फेरी मुर्ति लुटपाट
 
शेरबहादुर बुढा
रेडियो डोल्पा एफएम
   डोल्पा, बैशाख ३ – माथिल्लो डोल्पाको सदरमुकामबाट नजिक मानिने धो गाविसको एक गुम्बाबाट हतियार सहित आएका लुटेराले बुद्ध मुर्ति सहित बहुमूल्य पुस्तक र धनमाल लुटेर लगेका छन् । 
   धो गाविस ६ ताक्सीको काकरलाव्राङ गुम्बामा गत सोमवार राति १ बजेतिर मुखमा पट्टी बांधेर हतियार सहित ५, ६ जनाको समुहमा आएका लुटेराहरुले ४ वटा बुद्ध मुर्तिहरु,स्वोर्ण अक्षरले लेखिएको १ वटा लामाको नीजि पुस्तक, लामाकी श्रीमतिले लगाएको पुलिक सहितको मुगाको माला र २ वटा मोवाइल सेट लुटेर लगेको खबर ढिलो गरी जिल्ला प्रहरी कार्यालय डोल्पामा प्राप्त भएको प्रहरी निरिक्षक तुल्सीराम अर्यालले बताए । 
   लुटेराहरुले काकरलाव्राङ गुम्बाका पुजारी लामा ठिन्ले लामालाई र उनकी श्रीमतिलाई हतियार देखाई कुटपिट गर्दै मार्ने धम्की दिएर मुर्ति, स्वर्ण अक्षेरित पुस्तक, पुलिक सहितको मुगा माला र मोवाइल लुटेर लगेको र कुटाईबाट घाइते लामा र उनकी श्रीमतिको धो आम्ची अस्पतालमा उपचार भैरहेको ज्याम्पा लामाले जानकारी दिए । 
   लामाका अनुसार माथिल्लो डोल्पाका विभिन्न गुम्बाहरुले वर्षेनी लुटपाट, डकैति र चोरीका घट्ना सहन गर्दै आउनु परेको छ । प्राकृतिक तथा भौगोलिक रुपमा कठिनाईका कारण प्रशासनको आंखाबाट टाढा रहेको माथिल्लो  डोल्पाका विभिन्न गुम्बाहरुबाट मुर्ति लगाएतका धनमाल लुटपाट गर्ने गिरोह नै लागि परेको शंका रहेको छ ।  
   वर्षमा माथिल्लो डोल्पाका एउटा न एउटा गुम्बाबाट बुद्ध मुर्ति लगाएतका बहुमूल्य धनमाल लुटपाट तथा चोरी हुने गरेको स्थानीय ओम रोकायाले बताए । उनले थपे २ सय भन्दा बढिको संख्यामा रहेका गुम्बाहरुबाट पराना र ऐतिहासिक मुर्तिहरु लुटपाट र डांका गरेर लिने काम टाढाका नयां व्यक्तिहरुबाट सम्भव छैन । त्हां बहुमूल्य मुर्ति तथा धनमाल छन् भनेर थाहा पाउने नजिकैका व्यक्तिहरुको संलग्नता हुनु पर्छ । 
   लुटपाट भएको खबर पाए पछि धोबाट नजिक पर्ने लसीक्याप प्रहरी चौकी शहरताराबाट सहायक प्रहरी नायव निरिक्षक(असई) टंक खत्री नेतृत्वको प्रहरी टोली घट्नास्थल तर्फ शुक्रवारै पठाइ सकिएको र प्रहरी निरिक्षक तुल्सीराम अर्यालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय दुनैबाट अनुसन्धानका लागि तत्काल अर्को प्रहरी टोली पठाउने तयारी भैरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । प्रशासनका अनुसार घट्नाको जानकारी आउने वित्तिकै सबैतिर नाका ब्लक गर्ने काम गरिएको छ । 
   विशाल र कठिन तथा दुर्गम भौगोलिक क्षेत्र भएको डोल्पाको माथिल्लो डोल्पा प्रहरी प्रशासनबाट पुरै टाढा रहेकोले प्रहरी प्रशासनको पातलो पहुचका कारण यस्ता डांका र लुटेराहरुले वर्षेनी त्राही त्राही मच्चाएको र प्रहरी प्रशासनको यस तर्फ त्यति ध्यान नगएको महसुस माथिल्लो डोल्पाबासिहरुले गरेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए । 
   सिमेन गुम्बा सिमेन तिन्जेबाट २०६६ मा, यट्सेरजंग गुम्बा निजालबाट २०६४ मा, इङडङछोङ गुम्बा पुग्मबाट २०६५ मा, तजनपल्री गुम्बा ताचिनबाट २०६३ मा, टसिरोम्जे गुम्बा रसीबाट २०६७ मा, पुनिखा साझागुम्बा पुनिखा फोक्सुण्डोबाट २०६९ मा, धो ताक्सी नीजि गुम्बाबाट २०७१ मा, तान्सागुम्बा गुम्बाताराबाट २०७० मा र शेगुम्बा साल्दाङ्बाट २०७२ असोजमा पुराना र ऐतिहासिक बुद्धमुर्ति लगायतका बहुमूल्य धनमाल लुटपाट भएका थिए । 
   हतियारको आडमा गुम्बा कुर्ने लामालाई कुटपिट सहित ज्यान मार्ने जस्ता धम्कीले धम्काउदै पांचौ सय वर्ष पुराना मुर्तिहरु, स्वर्ण अक्षरले लेखिएका पुस्तकहरु, मुगा माला, सुन, पुलिक लगायतका बहुमूल्य धनमाल लुटिने गरेको भए पनि लुटेराहरु हालसम्म प्रहरीको हातमा नपरेको गुनासो स्थानीय ज्याम्पा लामाले गरे । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्