clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
पशुपालनमा निर्भर डोल्पामा पशु बीमा भएन
 
देवि बुढा
रेडियो डोल्पा एफएम
   डोल्पा, बैशाख २ – धेरै पशुपालन रहेको डोल्पाका कृषकहरु पशुमा निर्भर छन् । पशुपालनमा निर्भर भए पनि सरकारले दिएको पशु बीमा सुविधा पहुच लगायतका विभिन्न कारणले लिन सकेका छैनन् । 
   पशुपालनमा निर्भर रहेको डोल्पा जस्ता जिल्लाहरुका कृषकहरुलाई सुविधा हुने गरी सरकारले ४ वर्ष अघि ल्याएको कृषि बीमा अन्तर्गत पशुपंछि बीमा गराउने कार्यक्रमबाट डोल्पाका कृषकहरुले पहुचका कारण सुविधा लिन सकेका छैनन् । 
   बीमा कम्पनीहरु टाढा रहेको र बीमित पशु मरेमा त्यसको दाबी गर्न जिल्ला बाहिर जान पर्ने भएकाले कठिनाई हुने महसुस गर्नुका साथै जिल्लामा बीमा कम्पनीहरु नभएकाले बीमा हुन नसकेको जिल्ला पशु सेवा कार्यालय डोल्पाका प्रमुख सुमिन्द्र यादवले बताए । 
   जिल्ला पशु सेवा कार्यालय डोल्पाको तथ्याङ् अनुसार ५७ हजार ७ सय ३७ बाख्रा रहेको डोल्पामा ३ जना कृषक ल्हां ९ का नरेन्द्र वोहोरा, सूं ७ का रामबहादुर बुढा र शहरतारा ६ का राजु झंक्रीले एनएलजी इन्स्योरेन्स कमपनी लिमिटेडमा ५०, ५० गरी १ सय ५० वटा बाख्राको मात्र पशु बीमा गराएका छन् । 
   जिल्लामा रहेका अन्य कुनै पनि पशुपंछिको बीमा नभएको जिल्ला पशु सेवा कार्यालय डोल्पाले जनाएको छ । नेपाल सरकारले कृषकहरुलाई पशु पालन तर्फ आकर्षण गराई पशुपंछिबाट आर्थिक उन्नति गर्दै देशको अर्थतन्त्रमा समेत सुधार ल्याउने उद्देश्यले २०६९ मा पशुपंछि बीमा कार्यक्रम अन्तर्गत बीमा शुल्क अनुदान दिने व्यवस्था समेत गरेको छ । 
   पशुको बीमाङ्क तोकिए अनुसार हुने र त्यसको तिर्नुपर्ने वार्षिक बीमाशुल्कमा नेपाल सरकारले ७५ प्रतिशत सरकारले अनुदान स्वरुप भुक्तानी गरिदिने र सम्बन्धित कृषकले २५ प्रतिशत मात्र तिर्नु पर्ने व्यवस्था भए पनि पहुच नहुनु, प्रचारप्रसार नहुनु, बीमित पशु बधुंवा नभई खुला चरिचरणमा हुने भएकाले खोरदेखि सरकारले तोकेको ५ किलोमिटर भित्र मात्र सिमित नहुने भएकाले रिस्क कभरको शंका र बीमा कम्पनीले क्षति मूल्याङ्कन तथा प्रमाणिकरण गर्दा समस्या पर्ने ठानेर कृषकहरुले बीमा सुविधा लिन नसकेको जिल्ला पशु सेवा कार्यालय डोल्पाका प्रमुख यादव बताउछन् । 
   डोल्पा ९० प्रतिशत कृषिमा निर्भर छ त्यस मध्ये पनि पशुपालन व्यवसायमा धेरै प्रतिशत निर्भर रहेको जिल्ला पशु सेवा कार्यालयको दावी छ । जिल्ला पशु सेवा कार्यालय डोल्पाको तथ्याङ्क अनुसार डोल्पा जिल्लामा २५ हाजर ५ सय गाई, ४ हजार एक सय भैसी, ५७ हजार ७ सय बाख्रा, ४१ हजार २ सय भेडा, ७ हजार ९ सय चौरी, ८ हजार घोडा खच्चर, ५७ वटा बंगुर र ४५ वटा खरायो गरी जम्मा १ लाख ४४ हजार ५ सय भन्दा बढि पशु र पंछिमा ३७ हजार कुखुरा रहेका छन् । 
   कृषकहरुमा पशु बीमा तर्फ आकर्षित गराउनका लागि यो वर्षबाट जर्सी बहरको वीर्यबाट कृर्तिम गर्भाधान गरार्ईएका गाईबाट जन्मेका जर्सी बाछाबाछिहरुको जिल्ला पशु सेवा कार्यालय आफैले बीमा  गरिदिने योजना रहेको जिल्ला पशु सेवा कार्यालय डोल्पाका प्रमुख यादवले जानकारी गराए । 
   पशु बीमा गराई यसबाट फाइदा लिन कृषकहरुलार्य उत्प्रेरित गराउनका लागि जिल्ला पशु सेवा कार्यालयले प्रचार प्रसार, भेटघाट, छलफल लगायतका विभिन्न कार्यक्रम गर्न नसकेको स्वीकार गर्दै आगामी वार्षबाट लाग्ने सोचमा रहेको जिल्ला पशु सेवा कार्यालय डोल्पाका प्रमुख यादवले बताए । 
   बीमा कम्पनीहरुले डोल्पा जस्तो भौगोलिक रुपमा अति दुर्गम जिल्लामा आएर काम नगरेका, बीमा गराउने काम सुरु गरेको भए पनि बीमा अभिकर्ता जिल्लाका बनाउन नसक्नु, बीमा अभिकर्तालाई बीमा गराएको अवस्थामा पछि पनि अलि बढि दुख हुने देखेर बीमा नगाएका कारण कृषकहरुले आफ्ना पशुपंछिहरुको बीमा गराएर यसबाट सरकारी सुविधा लिन नसकेको दावी जिल्ला पशु सेवा कार्यालय डोल्पाका कार्मचारीहरुको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्