clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
आगोलागिबाट लाखौंको धनमाल क्षेती

   सर्मी गाविस ३ का वीरबहादुर बुढाको घरमा आगोलागी हुँदा घर सहित अनुमानित ७ लाख बराबरको धनमाल नष्ट भएको फोनमा लंकबहादुर बुढाले बताए ।
   गए राति खाना खाएर सुतेको बेला एक्कासी भान्सा गरिएको घरको माथिल्लो तलाबाट आगोलागी सुरु भएको थियो । आगोलागिबाट २ तोला सुन, चाँदी, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन समेत जलेर नष्ट भएको फोनमा लंकबहादुर बुढा बताए ।
   उनका अनुसार खडेरी रहेको हिउँदको मौसमको अवस्थामा पनि सम्पूर्ण गाउँलेहरुको सहयोगमा राति २ बजेबाट आगो निभाउन प्रयास गरेकोमा घरको भुई तला मात्र बचाएर बिहान ६ बजे मात्र आगो नियन्त्रणमा लगिएको प्रहरीले जनाएको छ ।
   डोल्पामा हिउँ परेकोवेला गाईबस्तुलाई खुवाउन सजिलो होस् भनेर घरको वरिपरि घाँसपात राखिने परम्परा छ । गाउँलेहरुको अथक प्रयास स्वरुप आगो गाउँमा फैलन नपाएकाले क्षती बढ्न पाएन र गाउँमा आगोलागिबाट ठुलो क्षती हुन नपाएको फोनबाट बुढाले जानकारी दिए । गाउँघरमा होसियारी नगर्ने वित्तिकै खडेरीको समयमा आगोले ठुलो क्षती पुर्याउने गरेको छ ।
   गत वर्ष पनि डोल्पाका विभिन्न गाउँमा आगोलागिले धेरै धनमाल क्षेती गरेको थियो । सर्मीकै पनि डिलप्रसाद ठकुल्लाको घरमा आगोलागि हुँदा लाखौको धनसम्पत्ति नष्ट भएको थियो । त्यस कारण सर्वसाधारणहरुले होसियारी पूर्वक आगोको व्यवहार गर्नु पर्ने नेपाल रेडक्रस सोसाइटी डोल्पाले जनाएको छ ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्