समाचार तथा गतिविधि
एसएलसी परीक्षा तयारी तिब्र
रेडियो डोल्पा एफएम
डोल्पा, चैत १५,
शिक्षामा धेरै पछि रहेको डोल्पा जिल्ला शैक्षिक सुधारका लागि प्रयास गरिरहेको छ । यसै क्रममा आगामी बिहिवारबाट सुरु हुने शैक्षिक सत्र २०७२ को एसएलसी परीक्षाको तयारी तिब्र पारिएको हो । आज परीक्षा समन्वय समिति डोल्पाको बैठक बसी आजै केन्द्राध्यक्ष नियुक्ति गरी केन्द्राध्यक्षहरुलाई अनुशिक्षण गरेर परीक्षाको सामान बुझाउने काम सकिएको जिल्ला शिक्षा अधिकारी युवराज पौडेलले बताउनु भयो । डोल्पाका १५ वटा माध्यमिक विद्यालयबाट यस शैक्षिक सत्रमा एसएलसी परीक्षा दिने ८ सय ८ जना रहेका छन् । डोल्पामा सरस्वति उच्च माध्यमिक विद्यालय दुनै, आदर्श उच्च माध्यमिक विद्यालय जुफाल र जनप्रभा उच्च माध्यमिक विद्यालय लिकु गरी ३ परीक्षा केन्द्र रहेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । जिल्ला शिक्षा कार्यालय डोल्पाका अनुसार सरस्वति उच्च माध्यमिक विद्यालय दुनै केन्द्रमा १ सय ९८ जना, आदर्श उच्च माध्यमिक विद्यालय जुफाल केन्द्रमा ३ सय २७ जना र जनप्रभा उच्च माध्यमिक विद्यालयमा २ सय ८७ जना परीक्षार्थीहरु रहेको जिल्ला शिक्षा कार्यालय डोल्पाको परीक्षा शाखाका विद्यालय निरीक्षक वीरबहादुर धामीले जानकारी दिनुभयो । एसएलसी परीक्षार्थीहरु ऐच्छिक प्रथममा अर्थशास्त्र, भूगोल र ऐच्छिक गणितमा क्रमशः ५ सय ३९, १ सय ७५ र ९१ जना छन् भने ऐच्छिक द्धितीयमा शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र लेखामा क्रमशः ६ सय २८, १ सय ३३ र ४४ जना विद्यार्थीहरु रहेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । जिल्ला शिक्षा कार्यालय डोल्पाका अनुसार जिल्लाका सबै परीक्षा केन्द्रहरुमा समान रुपमा मर्यादा कायम गर्ने अधिकतम प्रयास रहने र त्यसका लागि परीक्षा समन्वय समितिका सबै अंगहरुका प्रमुखहरु एकपछि अर्को गर्दै सबै केन्द्रलाई अनुगमन गर्ने तयारी भएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





