clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डक्टर गोबिन्द केसिले जिल्ला अस्पताल डोल्पामा हाडजोर्नि सम्बन्धी निशुल्क उपचार गर्दै
टेक शाही 
रेडियो डोल्पा एफ.एम.
चैत्र १५ डोल्पा – शिक्षण अस्पताल काठमाण्डौका हार्ड जोर्नि सम्बन्धी बिषेशज्ञ डक्टर गोबिन्द केसिले सोमबार देखि जिल्ला अस्पताल डोल्पामा सोमबार देखि उपचार सुरु गर्नु भएको छ । डक्टर केसिले हरेक बर्ष देशका बिभिन्न दुर्गम जिल्लामा निशुल्क रुपमा सेवा प्रदान गर्ने गर्नु भएको छ । आफुले पाउने पारिश्रमिकबाट बचत गरि बिभिन्न जिल्लामा पुगि बिरामीहरुलाई उपचार गर्दै आउनु भएको छ । जिल्ला अस्पताल डोल्पामा पनि उहाँले आज देखि बुधबार तीन दिन सम्म हार्ड जोर्नि सम्बन्धी उपचार गर्ने डक्टर गोबिन्द केसिले बताउनु भएको छ । 
स्वास्थ्य क्षेत्रमा नेपालको राजनितिले भने जस्तो काम गर्न नदिएको र आफुलाई उपयूक्त स्वास्थ्य सम्यन्त्र बनाउने र बिना कारण राजनितिक हस्तक्षप हुने भएकोले यो भ्रष्ट र गलत कार्यलाइ रोकी नेपाली जनताको हितको लागि निशर्त स्वास्थ्य सेवा सूचारु गर्नको लागि डक्टर केसिले हाल सम्म ७ पटक आमरणअनसन बसि सक्नु भएको छ । तिन करोड नेपाली जनताको स्वास्थ्यमा रहेको हक अधिकारि सुनिश्चीत नहुन्जेल सम्म जति पटक पनि आफु अनसन बस्न तयार रहेको र डोल्पाली जनताले त्यो आन्दोलनमा जनाएको सर्मथन प्रति आभार प्रकट गर्नु भयो र आगामि दिनमा पनि यो सर्मथन रहने समेत आसा राखेको बताउनु भयो । 
जिल्ला अस्पताल डोल्पामा बसुन्जेल सम्म हरेक दिन बिहान साँझ अस्पतालका कर्मचारिलाई हार्ड जोर्नि सम्बन्धी प्रशिक्षण दिने र दिनमा बिरामीको उपचार गर्ने उहाँले बताउनु भएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्