समाचार तथा गतिविधि
नेकपा एमाले लिकु पाहाडा गाउं एकाई कमिटी गठन
रेडियो डोल्पा एफएम
डोल्पा, चैत १४
नेकपा एमाले डोल्पा अन्तर्गत लिकु गाउं इकाई कमिटीको शनिवार भएको गाउं अधिवेशनले १३ सदस्यीय नयां गाउं इकाई कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
गाउं अधिवेशनले कलबहादुर बुढालाई अध्यक्ष, रनचन्द्र बुढालाई उपाध्यक्ष, सचिवमा चन्द्रबहादुर रोकाया, सहसचिवमा कर्णबहादुर बुढा र ९ जना सदस्य गरी १३ सदस्यीय लिकु गाउं इकाई कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको नेकपा एमाले जिल्ला कमिटी डोल्पाले जनाएको छ ।
त्यसै गरी लालकृष्ण के सी को नेतृत्वमा पाहाडा गाविसको गाउं इकाई कमिटी शुक्रवार सर्वसम्मतिले निर्वाचित गरेको पनि एमाले जिल्ला कमिटी डोल्पाले जनाएको छ ।
लिकू तथा पाहाडा गाउं एकाई कमिटीका अधिवेशनहरुमा नेकपा एमाले जिल्ला कमिटी डोल्पाका सदस्यहरु पाहाडामा नरबहादुर बुढा, चन्द्रकुमारी बुढा, धर्मसिंह रोकाया लिकुमा बबिकिशोर गुरुङ, कालिकोशा हिराचन, विश्वचन्द्र डसाल र चन्द्र बुढाको उपस्थितिमा अधिवेशन सम्पन्न भएको जनाएको छ ।
उक्त पार्टीले जिल्लाका तल्लो डोल्पाका प्रायः सबै गाविसहरुमा गाउं इकाई कमिटी गठान गरी केही इलाका कमिटीहरु पनि गठन भैसकेका र माथिल्लो डोल्पामा बैशाखबाट गाउं इकाई कमिटी र इलाका कमिटीहरु गठन तिब्र रुपमा गर्ने नेकपा एमाले डोल्पाका बरिष्ठ सदस्य नरबहादुर बुढाले बताए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





