सामुदायिक बिकास कार्यक्रम सिडिपि र नेपाल ग्रामिण पून निर्माण सँस्था आर आर एनको आयोजनामा बिधुत जडान (हाउस वाइरि³ग) सम्बन्धी एक महिने तालिम गत शुक्रबार अगुवा स्रोत केन्द्रमा एक उद्घाटन कार्यक्रम गरि कञ्चालन भएको छ । यस जिल्लामा कार्यक्रम सञ्चालन भएका बिभिन्न दस गाविस रिमी, कालिका, सर्मि, नर्कु, ल्हाँ, त्रिपूराकोट, पाहाडा, सूँ, दूनै, माझफाल, गाविसका २÷२ जना गरि जम्मा २० जनालाई यो तालिम दियिएको छ । पछिल्लो समयमा डोल्पा जिल्लामा बिभिन्न क्षेत्रमा काम गर्नको लागि प्रबेश गरेको सामुदायिक बिकास कार्यक्रम सिडिपि र नेपाल ग्रामिण पून निर्माण सँस्था आरआरएनले बिभिन्न किसिमका जिबन उपयोगि सिप मुलक तालिम तथा गोस्टिहरु सञ्चालन गर्दै आई रहेको छ । यस हावस वाईरि³ तालिम पिछडिएको बिपन्न तथा ईच्छु ब्याक्तिलाई समन्धित गाबिसको वडा नागरिक मञ्च र गाबिसले सिफारिस गरि पठाएको छ । यस सिप मुलक तथा आयआर्जन मुलक हावस वाईरि³ तालिममा कक्षा आठ भन्दा माथि वा सो सरह उतिर्न गरेकाहरुलाई सामेल गराएको छ यसमा प्रसिक्षक दोय बिबस बुढा र मन बहादुर खड्काले गर्नु भएको छ । हाल यो कार्यक्रम डोल्पा जिल्लाका रिमी, कालिका, सर्मि, नर्कु, ल्हाँ, त्रिपूराकोट, पाहाडा, सूँ, दूनै, माझफाल, गरि १० गाविसमा लागु भएको छ ।
Loading...





