समाचार तथा गतिविधि
दुनै बजार वरपरको ट्रयाक ओपन गरिदै
नीरा बुढा
डोल्पा(दुनै), ६ चैत्र
स्थानीय समुदायको सक्रियतामा ड्रिल्प आयोजना सुरु भए वर्षदेखि खुल्न नसकेको दुनै बजारको कालिका मन्दिर देखि जगात पुलसम्मको मोटरबाटो ट्रयाकओपन गर्ने कार्य बल्ल सुरु भएको छ ।
समुदायका केही व्यक्तिहरुले भौतिक संरचनाहरुको मुअब्जा लिनेदेखि जग्गा उपलब्ध नगाउन गरेको बिबाद र आनाकानीका कारण खुल्न नसकेको दुनै बजारको मोटरबाटो स्थानीय समुदायका युवाहरुको सक्रियतामा तिब्र निर्माण सुरु भएको छ ।
डोल्पाको सदरमुकाम दुनैका स्थानीयहरुले दुनै बजार क्षेत्र भित्र पर्ने कालिका मन्दिरदेखि जगात पुलसम्मको मोटरबाटोको ट्रयाक ओपन गर्ने काम लामो समयदेखि अवरुद्ध हुंदा विकास अवरोध भएको र त्यसले आर्थिक सामाजिक विकासमा समस्या परेको महसुस गरी अवरोध खुलाएर मोटरबाटो निर्माण तिब्र पारेको जिल्ला विकास समिति डोल्पाका सभापति एवम् स्थानीय विकास अधिकारी सन्तोषकुमार दाहालले बताए ।
समुदायले अवरोध खोलेर निर्माण कार्य सुरु गरे पछि मुअब्जा लिएर पनि निर्माण कार्यमा अवरोध गरिरहेका केही व्यक्तिहरुले अझै समस्या खडा गर्न खोजेको तर निर्माण उपभोक्ता समितिले काम तिब्र पारिरहेको जिल्ला विकास समिति डोल्पाले जनाएको छ ।
मोटरबाटो ट्रयाक खुलेमा दुनै बजारलाई व्यवस्थित गरी सुन्दर शहर निर्माणमा सहयोग मिल्ने र यसका लागि जस्तोसुकै समस्या आए पनि पछि नहट्ने ३ नं. निर्माण उपभोक्ता समूहका अध्यक्ष देवेन्द्रराज न्यौपानेले बताए । बजार वरपरको मोटरबाटो निर्माणका लागि गठित ३ निर्माण उपभोक्त समूहहरु मध्ये २ वटा उपभोक्ता समूहले निर्माणको कार्य तिब्र बनाएका छन् भने १ नं. उपभोक्ता समूहले एकदुई दिन भित्र काम सुरु गर्ने जिल्ला विकास समिति डोल्पाले जनाएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





