clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
दूनै लासिक्याव सम्म मोटरबाटको कालिका मन्दीरमा पुजा गरि शिल्यान्याश गरियो
टेक शाही 
रेडियो डोल्पा एफ.एम.
चैत्र ०४ डोल्पा – र्डिलिप आयेजना मार्फत निमार्ण गरिदै आएको दुनै लासिक्याव मोटरबाटोको आज दुनै कालिका मन्दीरमा पुजा गरि शिलान्याश गरिएको छ । कुल १ करोड ५४ लाख बजेट रहेको यो सडक खण्डामा हाल दुनैको कालिका मन्दिर देखि खानेपानि तथा सरसफाई सव डिभिजन कार्यालय सम्म १ हजार ७ सय ६० मिटर सडकको निर्माण गरिने भएको छ । 
। 
दुनै लासिक्याव सडक खण्डको निमार्ण कार्याको शुभारम्भ भए पनि जिल्लका प्राबिधिकले सबै ईष्टिमेट राम्रै गरेको र ढुगाँको ईष्टिमेट कम्जोर गरेकोले सडक निर्माणमा कठिन हुने निमार्ण समतिले गुनासो गरेकाछन । जिल्ला प्राबिधिक कार्यालयको हालको ईष्टिमेटमा ढुगाँ दुनै देखि २ सय ५० मिटर टाढाबाट ओसारेर सढको निमार्ण गर्नु पर्ने उल्लेख गरिएको छ तर दुनैमा यो अबस्था छैन यदि ढुगाँ ओसार्नु परेमा कम्तीमा पनि एक किलोमिटर टाढाबाट ल्याउनु पर्ने अबस्था रहेको छ । निकै लामो प्रयास पश्चात स्थानिय बिकास अधिकारि र सम्बन्धीत निकायको पहलमा यो सडकको निमार्ण कार्यको थालनि गर्न पाएको बजेटको केहि नपूग भएको र प्राबिधिक पाटो अलि कमजोर रहेको बताउदै दुनै गाविसका सचिव एबम अध्यक्ष हरि बहादुर मल्ल .......
अघिल्लो आर्थिक बर्षमा सर्भेमा छुट भएको कुल १ हजार ७ सय ६० मिटर सडक खण्डको यस बर्ष पून सर्भे गरि दुनै गाविसको वडा नँँ. १ का चार वटा निमार्ण समूह (बिजी) द्धारा निर्माण समपन्न गरिने भएको छ । राष्ट्रिय सडक मार्गले हाल सम्म पनि नछोएको जिल्ला डोल्पामा बिगत लामो समय देखि र्डिलीप आयोजनाले मरिमला धो सडक खण्डको सडक निर्माण गर्दै आएको छ । दुनै लासिक्याव सडक खण्डको यो छुटेको भागमा निमार्ण कार्य शुभारम्भ गर्न पाउनु खुसिको कुरा रहेको र यो निमार्ण कार्यलाई सफल रुपमा निमार्ण समितिले निमार्ण कार्य समपन्न गर्ने बिश्वास गरेको बताउदै स्थानिय बिकास अधिकारि सन्तोष कुमार दाहाल.....
 त्यसका साथै र्डिलीप आयोजनाले पछिल्लो समय सदरमुकाम दुनैबाट जिरो किलोमिटरबाट पनि सडकको निर्माणकार्य शुभारम्भ गरेको छ । यसरि सदरमुकामको बस्तिबाट सडको निर्माणकार्य शुभारम्भ भएकोमा अब छिट्ै सडक मार्गले गति लिने स्थानियहरुले खुसि ब्यक्त गरेकाछन । भने प्राबिधिकले सडकको सर्भे गर्ने बेलामा कम दररेटमा सर्भे गरेकोले अहिले काम गर्न निमार्ण समितिलाई कठिन पर्ने भन्दै निमार्ण समितिले प्राबिधिक प्रति गुनासो पनि गरेकाछन । बजेट कम भनेर अहिले नै भन्न नसकिने काम गर्दै गए पछि कतै घटेर आउने र कतै बढेर जाने भएकोले निश्चीन्त सडक निमार्ण कार्यमा लाग्नुका साथै जिल्ला बिकास समितिको तर्फबाट हुने कुनै पनि सहयोग आफु गर्न तयार रहेको बताउदै फेरि स्थानिय बिकास अधिकारि दाहाल......
आज दिउसो १ बजे कालिका मन्दिरमा पुजापाठ गरि स्थायिन बिकास अधिकारि सन्तोष कुमार दाहाल,प्रमूख जिल्ला अधिकारि जिवन प्रसाद दुलाल,प्रहरि नायव उपरिक्षक ध्रुवराज राउत,जिल्ला ईन्जीनियर पुण्यराम शुलु, दुनै गाविसका सचिव हरि बहादुर मल्लको उपस्थितिमा सँयूक्त रुपमा यो सडक खण्डको शिलान्याश गरिएको हो । उक्त शिलान्यासमा यो सडक निमार्ण समितिका पदाधिकारि लागयत बिभिन्न ब्यक्ति र सञ्चारकर्मिको उल्लेख्य उपस्थिथिति रहेका थियो
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्