clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
दुनैका महिलाहरुको सक्रियतामा दुनै बजारको सरसफाई सम्पन्न
टेक शाही 
रेडियो डोल्पा एफ.एम.
 
चैत्र ०४ डोल्पा –शिव र्पावति कृषि सहकारि सस्था र दुनै गाविस स्तरिय महिला समुहको सक्रिय सहभागितामा बिहिवार दुनै बजार सरसफाई गरिएको छ । दुनै बजारको सरसफाईलाई मध्यनजर गर्दै बिहिबार सरसफाई सम्बन्धी एक कार्यक्रम गरिएको हो । गएको फागुन २१ ग्ते दुनै गाविसलाई खुला दिशामुक्त क्षेत्रका रुपमा घोषणा गरिएको थियो । दुनै गाविस खुल्ला दिशामूक्त घोषणा भएको केहि साता बित्तदै गर्दा लगत्तै आज सरसफाईलाई निरन्तरता तथा अनुगमन जरुरी रहेको भन्दै महिलाहरु हतहातमा कुचो लिई सरसफाई अभियानमा जुटेको सरसफाईमा सहभागि दुनैका महिलाहरुले बताउनु भएको छ । 
दिउसो कालिका मन्दिरबाट शुरु गरि तिप्ला पानि सम्म सरसफाई गरिएको  गाविस स्तरिय महिला संजाल अध्यक्ष उर्मिला गुरुगंले बताउनुभयो  । बजार सरसफाई मात्र नभइ प्रत्येक घरमा ढल व्यवस्थापन पनि छिटो गर्नका लागि सुझाव समेत दिइएको शिवपार्वती कुषी सहकारी सस्थाकी अध्यक्ष रमादेवि न्यौपनेले जानकारि बताउनु भयो । दुनै बजार त दुनैका महिलाहरुको सक्रियतामा सरसफाई भई रहेको छ तर ढल निकासी र भेरिको अबस्था उस्तै रहेको छ । खुल्ला दिशामूक्त गाविस औपचारिक रुपमा घोषणा गरिएको भएता पनि दुनै बजारमा भेरिमा ढल मिसाउनेको सँख्यामा कमि भने आएको पाईदैन । 
त्यसका साथै भेरिमा मरेका सिनो र बिभिन्न फोहोर फाल्ने कार्य नियमित जस्तो नै भएको छ । हिजो आज पनि भेरि नदिमा फोहोर फाल्ने र ढल मिसाउनेको ब्यक्तिको नाम लिन सकिने बिभिन्न सरोकारवाला निकायहरु बताउदै आएकाा छन । र्पूण रुपमा ढल निकासि र फोहोर ब्यबस्थापन गर्न सबैले दुनै बजार बासिलाई अनुरोध गरि रहेका छन । 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्