clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
ल्हाँको मोवाइल टावर अजै बन्न सकेन

विगत १ महिना अगाडिवाट टावर बिग्रीएर सन्चारमा अवरोध पुगेको ल्हाँबासीहरुले बताएका छन् । एक मात्र छिटो छरितो सन्चारको माध्यम नमस्ते मोवाइलको टावर नै बिग्रीन पुगि सन्चार सेवामा बन्द  भएको स्थानिय वासिहरु वताउछन् । टावर विग्रे पछि खबर आदानप्रदानमा कठिनाइ भएको छ । ल्हाँ गाविसबासीहरुले सम्वन्धित निकायमा मर्मतका लागि खबर गरेको तर मर्मतमा नेपाल टेलिकमले ध्यान नदिएको बताएका छन् । त्यस्तै सदरमुकाममा अवस्थित नमस्ते तथा स्काइको टावरले पनि वेला वेलामा आउने जाने गरेकाले सन्चारमा कठिनाइ उत्पन्न भएको मोवाइल प्रयोगकर्ताहरु बताउछन् । सदरमुकाम दुनैकै पनि विहिवार पनि करिब १० बजेवाट बेलुकाको ४ बजेसम्म नमस्ते र स्काइको मोवाइल सेवा अवरोध भएको थियो । यसरि सन्चार माध्यम जस्तो सम्वेदनशिल क्षेत्रमा वेला वेलामा वाधा अवरोध आउँदा सम्वन्धित निकायले तत्काल समाधान गर्नु पर्ने माग नेपाल टेलिकमका सेवाग्रहीहरुको छ ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्