clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
सर्मिमा माटोको ढिसकोमा पुरिदा चारजना गम्भीर घाईते गृह मन्त्रालयको उद्धारमा कोहलपूरमा उपचार गर
मंगला बुढा
रेडियो डोल्पा एफ.एम.
चैत्र ०४ डोल्पा – सर्मि गाविसमा माटोको ढिस्कोमा पूरिदा चार जना गम्भीर घाईते भएका छन । बुधबार दिउसो ४ तिस बजे बाटो खनि राखेको अबस्थामा माटोको ढिस्को खसेर ढिस्कोमा पूरिदा चार जना गम्भिर घाईते भएका छन । ढिस्कोमा पूरिएर घाईते हुनेमा सर्मि गाविस वडा नँ.५ का दत्त बहादुर रोकाया,वडा नँ.४ का बम बहादुर रोकाया,वडा नँ.६ का काली बहादुर सार्की र सर्मि गाविस वडा नँ.५ कै बिजलाल सार्कि रहेका छन । 
माटोको ढिस्कोमा पूरिएको खबर जिल्ला प्रशासनले पाउने बित्तिकै प्रमूख जिल्ला अधिकारि जिवन प्रसाद दुलाले घाईतको उद्धार गर्न सर्मि गाविसका प्रहरिलाई खबर गरि उनिहरुको उद्धार गर्न लगाउदा उनिहरुको अबस्था गम्भिर भएको जानकारि लिनु भएको थियो । 
घाईतेको अबस्था गम्भिर भए पछि प्रमूख जिल्ला अधिकारि जिवन प्रसाद दुलाले गृह मन्त्रालयमा अनुरोध गरि आज बिहान नेपाली सेनाको हेलिकप्टरले घाईते चार जना र उनिहरुको कूरुवा २ जनालाई  नेपालगञ्जको कोहलपूर मेडिकल केलजमा भर्ना गराई उपचार गराइ रहेको छ । 
हिजो नै उद्धार गर्नको लागि पहल गरेको भए पनि उद्धारको लागि अबेर भएको कारण बिरामीलाई त्याँहाको स्वास्थ्य चौकिमा उपचारमा राखिएको र आज बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरबाट उनिहरुलाई नेपालगञ्जको कोहलपूर मेडिकल कलेजमा उपचारको लागि लगिएको प्रमूख जिल्ला अधिकारि जिवन प्रसाद दुलालले जानकारि दिनु भएको छ । निमूखा जनताको लागि उदारहणिय काम गर्ने सरकारी निकायका पहिलो ब्यक्ति तथा पहिलो प्रमूख जिल्ला अधिकारि रहनु भएको छ जिवन प्रसाद दुलाल । जस्ले जनताको लागि काम गर्छू भनेर जिम्मोवारि बोकेकाको भन्दा पनि अतुलनिय काम गर्नु भएको छ । यो उदारहणिय कामबाट थाहा हुन्छ चाहे पछि गर्न नँसकिने के नै रहेछ भन्ने । यस्ले सबैलाई पाठ सिकाएको छ । हार्दिक आभार प्रकट गर्दछौ हामी प्रमूख जिल्ला अधिकारि जिवन प्रसाद दुलाललाई साथै उपचाररर्थ रहनु भएका घाईते प्रति सिघ्र स्वास्थ्य लाभको कामना पनि । 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्