clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पासम्म सडक जोड्ने वैकल्पिक सडकमार्गको खोजि–सांसद बुढा
रामचन्द्र न्यौपाने
रेडियो डोल्पा एफएम
 डोल्पा २६ माघ

 

   डोल्पा जिल्लालाई सकेसम्म छिटो राष्ट्रिय राजमार्गको पँहुचमा बिस्तारगर्नको लागि वैकल्पिक सडकमार्ग खोजि गरीएको छ ।
अहिलेसम्म सडक संजालको सुविधा नभएको डोल्पामा जाजरकोट डोल्पा सडक खण्डको अलवा एकबर्ष भित्रै डोल्पासम्म मोटरबाटो पु¥याउनको लागि मौरे त्रिपुराकोट सडकमार्गको खोजि गरीएको नेकपा एमालेका सांसद् धनबहादुर बुढाले जानकारी दिनुभयो ।
डोल्पालीहरुलाई सकेसम्म छिट्टैनै सडक सुविधाको विस्तार गरी जनजीवनमा सहजता ल्याउनको लागि कर्णालीकै जुम्लाको सिमानामा पर्ने मौरे देखि त्रिपुराकोट सम्मको सडक खण्डको निर्माणगर्नको लागि केन्द्रसम्म पहल गरीएकोबुढाले जानकारि दिनुभयो ।
यस सडक खण्डबाट तुलनात्मक रुपमा कम लगानिमा डोल्पासम्म सडक विस्तार गर्न सकिने भएकाले अहिले दश करोड बराबरको लागत स्टेमेट बनाई मन्त्रालयमा पेशभई प्रक्रिया अगाडि बडिसकेकाले छिट्टैनै काम अगाडि बड्ने समेत बुढाले जानकारी दिनुभयो ।
डोल्पामाको रिमी गा बि स स्थित चौरीकोट सम्म गतवर्षनै कच्चीबाटो जोडिसकेकाले त्यहाँदेखि करीव दुई किलोमिटर सडक खण्ड मात्रै चट्टानयुक्त भई गाह्रो हुने भए पनि बाँकीसबै कमसल माटो भएकाले डोजरले थोरै समयमानै धेरै निर्माणकार्य गर्नसक्ने दाबि समेत बुढाल गर्नुभयो भने यस सडक खण्डको निर्माणका लागि मन्त्रालयका मन्त्रिहरु देखि सचिवसम्म सकरात्मक देखिएकाले डोल्पालीहरुलाई छिट्टैनै सडकपुग्ने बिषयमा बुढाले बिस्वस्थ पार्नुभयो ।
यस सडक खण्ड अस्थायि भए पनि जाजरकोट डोल्पा सडक विस्तार नहुन्जेल सम्म डोल्पालीहरुलाई आवाश्यक दैनिक उपभोग्य बस्तुहरुको सहज आपुर्तिमा सहयोगगर्ने र विस्तार भईसके पछि पनि दिर्गकालिन रुपमा कालोपत्र गरीए दुईवटै सडकमार्ग संञ्चालनमा आउने समेत बुढाले बताउनु भएको समाचारदाता रामचन्द्र न्यौपानले खबर लेख्नु भएको छ । 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्