समाचार तथा गतिविधि
डोल्पा जिल्लाका बिभिन्न ईलकाको २३ औँ ईलका परिसद हुदै
टेक शाही
रेडियो डोल्पा एफ.एम.
डोल्पा, २१ माघ
बिहिबार डोल्पा जिल्लाका बिभिन्न ईलकाको ईलका परिषद सम्पन्न भएका छन । ईलाका नँ १ जुफाल,दूनै र माझफालको इलाका परिषद जुफाल बिभिन्न निर्णयका साथ सपन्न भएको छ । दुनै गाविसका सचिव हरि बहादुर मल्लको अध्यक्षता र जिल्ला बिकास समितिका प्रतिनिधि सलेपा रुपचन्द्र बुढा र बिकास महर्जनको प्रतिनिधित्वमा एक नँ ईलकाको २३ औँ ईलका परिषद जुफालमा सम्पन्न भएको हो । ईलका नँ १ का बिभिन्न गाविसका वडा नागरिक मँञ्च,नागरिक सचेतना केन्द्रका प्रतिनिधि बिभिन्न राजनितिक दलका प्रतिनिधि,बुद्धिजिवी,दलित,जनजाति,महिला लागायतका बिभिन्न ब्यक्तित्वहरुको सहभागितामा भब्य रुपमा सम्पन्न भएको छ । अन्य बर्षको तुलनामा यस बर्ष इलका नँ १ को ईलका परिषद भब्य रुपमा सबैको सहभागितामा सम्पन्न भएको छ । परिषदमा जिल्ला कृषि बिकास कार्यालय,जिल्ला पशु सेवा कार्यालय,महिला तथा बालबालिका कार्यालय,घरेलु तथा साना उद्योगका बिकास समितिका प्रतिनिधि लगायत सारोकारवाला निकार्यको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको छ । गाउँ परिषदबाट पारित भएर आएका बिभिन्न शर्षकका बिभिन्न योजनालाई इलाका परिषदमा नितिगत छलफल गरि प्राथमिकताका आधारामा ईलका परिषदबाट सर्व सर्वसम्मत पारित ति बिभिन्न योजनाहरु जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालय लगायत जिल्लामा अर्थिक अभावले बिनियोजन गर्न नँसकिने योजनाहरु सम्बन्धीत निकायमा माग गर्ने निर्णका साथ योजनाहरु छनौट गर्ने निर्णय भएको दुनै गाविसकी सामाजिक परिचालक दिलमाया केसिले जानकारि दिनु भएको छ ।
त्यसै गरि ईलाका नम्बर ९छार्का र मुकोटको पनि २३ औँ ईलाका परिसद सम्पन्न भएको छ ईलका नँ ९ को ईलका परिषद छार्का गाविसकी जेष्ट नागरिक प्रेमा छुईकी गुरुङ्गको अध्यक्षतामा भएको थियो । मुकोट गाविस अन्तरगत वडा नम्बर ४ पिम्री गाउमा ईलाका नम्बर ९ को ईलाका परिसद सम्पन्न भएको छ ।आजको ईलाका परिषदमा बिभिन्न सेवा प्रदायक निकायका प्रतिनिधि , छार्का र मुकोट गाविसका वडा नागरिक मञ्चका संयोजक सदस्य तागायत सो गाविसका संयोजक सदस्यलगाएत सामाजिक परिचालक नागरिक सचेतना केन्द्रका संयोजक बिभिन्न राजनितिक दल र समुहका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । छनोट गरिएका , तत्काल फाईदा पुग्ने ,रोजगारी सृर्जना हुने, आयमुलक , स्थानिय सीप सा्रत साधान र क्षमता प्रयोगबाट निर्माण हुने , वन वातावरणिय संरक्षणमा टेवा पुगी जलवायू परिवर्तन सम्बोधन हुने र सामाजिक विकास आर्थिक विकास , वन तथा वातावरण बिकास , भौतिक पुर्वाधार बिकास , संस्थागत र सांगठनिक विकास तर्फका योजनाहरुमा बढी जोड दिई छलफल गरी २३ औ ईलाका परिसद सम्पन्न भएको मुकोट गाविसका सहजकर्ता ज्ञानबहादुर बोहोराले बताउनु भएको हो ।
त्यस्तै ईलाका नम्बर ४ सर्मी नर्कु कलिकाको पनि ईलका परिसद नर्कु गाविसको राजिकुम्दामा सम्पन्न आज सम्पन्न भएको छ । ईलाका परिसद सर्मी गाविसका सचिब जग बहादुर बस्नेतको अध्यक्षता र प्रमुख अथितिमा जिल्ला विकास कार्यलय कार्यक्रम अधिकृत दन्ता न्यौपाने सहनु भएको थियो । ईलका परिषदमा बिभिन्न राजनितीक दल लगायत महिला , दलित, जनजाति अपाङ्ग,र त्याहाका स्थानिय बार्सिन्दाहरुको उपस्थित रहेको थियो । गाउँ परिषदबाट पारित भएका योजनाहरु ईलाका परिसदमा सहमतिकै आधारमा पारित गरि इलका परिषद सम्पन्न भएको नर्कको ईलबाट हाम्रा समचार दाता लेखराज बुढाले जानकारी गराएका छन् ।
त्यस्तै गरि आजै ईलाका नम्बर ७ भिजेर सालदाङ्ग र तिनज पनि ईलाका परिसद सम्पन्न भएको छ । ईलका परिसद भिजेर गाविसका सचिब कृष्णराज न्यौपानेको अध्यक्षतामा भएको थियो । अजको छलफलमा भौतिक पुर्वाधार क्षेत्रतर्फ ३३ ओटा योजनाहरु पारित भएको छ भने आर्थिक विकास क्षेत्रतर्फ २९ वटा योजना वन तथा वातावरण बिकासतर्फ १० वटा योजना संस्थागतल विकास क्षेत्रतर्फ २ योजना र सामाजिक बिकास क्षेत्रतर्फ २ ओटा योजना गरी जम्म ६६ वटा योजनाहरु छनोट भएको भिजेर गाविस सचिब कृष्णराज न्यौपानेले जानकारी गराउनु भएको छ । अरु ईलकाको पनि आजै सम्पन्न भए पनि जानाकारि आउन नसकेको जिल्ला बिकास समिति डोल्पाले जानकारि दिएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





