समाचार तथा गतिविधि
जिल्ला अस्पताल डोल्पमा शल्यक्रिया गर्नेे डक्टर नहुदा बिरामी अलपत्र
टेक शाही
रेडियो डोल्पा एफ.एम.
डोल्पा, १७ माघ
जिल्ला अस्पातल डोल्पामा बिगत एक बर्ष देखि काम गर्दै आएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा शल्यक्रिया गर्ने डक्टर नभए पछि बिरामी अल पत्र परेका छन । सुरुवाती समयमा बिभिन्न खाले शल्यक्रियाका काम जिल्लामै गर्दै आएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले अहिले तिन महिना देखि भने अनुसारको सेवा सुबिधा दिन नसक्दा शल्यक्रिया गर्नु पर्ने बिरामी अलपत्र परेका हुन ।
राम्रो सेवा र सुबिधा पाउने र सरकारी अस्पतालमा प्रसुति गराउदा राम्रो हुन्छ भनि सुरक्षित प्रसुति गराउन आएकी काईगाउकी उजेली शाहीको बच्चा तेरसो भए पछि अहिले उनि समस्यामा परेकि छन । गर्भवति भएको १० महिना पुगि सक्यो तर बच्चा तेरसो भएको कारण शल्यक्रिया नै गर्नु पर्ने भएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जिल्लामै यस्ता शल्यक्रिया गर्ने गरेको थाहा पाएर आएको तर यहाँ आउदा त शल्यक्रिया गर्ने डक्टर पनि छैन प्रसुति हुने दिन कटि सकेकोले शहर जाने पैसा आर्थिक नभएकोले गर्ववती आमा उजेलीको चिन्ता बढेको छ...................
यस भन्दा पहिला हिमाली जिल्लाबाट तराईमा प्रसति गराउन गएका गर्भवति आमा र सुसारे एक जनालाई नेपाल सरकारले अनुदान दिने ब्यबस्था रहेको थियो । तर बिगत एक बर्ष देखि जिल्ला अस्पताल डोल्पामा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले नेपाल सरकारसँग सहकार्यमा काम गर्न लागे पछि यो पाउदै गरेको सुबिधा पनि कटौति भएको छ । नेपाल सरकारले दिने सुबिधा पनि कटौति गरेको र जिल्लामै शल्यक्रिया गर्ने जिम्मा लिएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पनि लापरवाही गरेकोले सेवा ग्राहि मर्कामा परेको बताउनु हुन्छ मातृशिसु स्याहार सम्बन्धी काम गर्ने सिनियर अनमि गँगा ओझा...............
प्रसुति हुने दिन पनि नाघी सकेको र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले लापवाहि गरेकोले आफनो श्रीमतिको अबस्था कम्जोर हुदै गएको कारण गर्भवति श्रीमतिको जिम्मा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले लिनु पर्ने बताउनुहुन्छ गर्भवति उजेलीका श्रीमान प्रेम शाही ..........
जिल्लामा भने अनुसारको सुबिधा पनि नँदिएको र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले काम पनि नगरेको कारण बिरामी मर्कामा पर्ने गरेको डक्टर सन्दीप महतको भनाई छ । गर्भवति उजेलीको बच्चा तेरसो भएकोले शल्यक्रिया नै गर्नु पर्ने हुन्छ तर शल्यक्रिया गर्न आफु तालिम प्राप्त नभएकोले सम्भव नभएको हुदा तराईका अस्पतालमा रिफर गर्नु परेको डा. महतले बताउनु भएको छ । किन बेलाबेलामा यस्तो समस्या आउछ त ? के तपाईहरुले यो शल्यक्रिया गर्न मिल्दैन र भनि आज हामीले जिल्ला अस्पताल डोल्पाका डक्टर सन्दीप महत सँग सेधेका थियौ अब सुनौ उहाँसँग गरिएको समसामयिक कुराकानी...........
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





