समाचार तथा गतिविधि
अभिमुखिकरण गोष्ठि सँचालन
टेक शाही
रेडियो डोल्पा एफ.एम.
डोल्पा माघ १४
बस्ती स्तर देखि जिल्ला बिकास समितिको जिल्ला परिषद सम्म के कस्ता प्रकृयाहरु हुन्छन भन्ने बिषयमा सारोकारवाला निकायका पदाधिकारिहरुलाइ गोष्ठिमा जानकारि गारईने भएको छ । बस्ति स्तर देखि जिल्ला स्तर सम्ममा योजना तर्र्जूमा गर्दा योजना तर्जूृमामा सहभागितामूलक योजना छनौट प्रकृया,जोखिम न्यूनिकरण र अधिकार सम्बन्धी सरोकारवाला हरुलाई यो तालिम दिइएको हो ।
जिल्ला बिकास समितिको कार्यालय डोल्पाको सँयोजनका साथै सामुदायिक बिकास कार्यक्रम सिडिपि र नेपाल ग्रामिण पुन निर्माण सँस्था आरआरएनको आयोजनामा जिल्लाका बिभिन्न सरोकारवालाहरुलाई यो तालिम दिईएको आरआरएन डोल्पाले जानकारि दिएको छ ।
जिल्लामा एक आर्थिक बर्षमा बस्ति स्तर देखि जिल्ला स्तरमा सम्म योजनाहरु बिभिन्न तहबाट छनौट हुदै आउने सबैलाई जानकारि भए पनि योजना छनौटमा समान सहभागिता कस्तो छ र अबका दिनमा कसरि त्यस्तो सहभागिता बढाउन सकिन्छ भन्ने उद्धेस्यले यो तालिमाको आयोजना गरिएको हो ।
योजना तर्जुमा गर्दा महिला पूरुष बालबालिका पिछडा बर्गका सबैको समान सहभागिताबाट योजना तर्जूृमा हुनु पर्दछ । बिकासका कुनै पनि योजना सम्पन्न गर्दा जिल्लामा सरकारी कार्यालय गैर सरकारी कार्यालय,गैरसरकारी महाँसँघ,लगायतका सबै निकाय योजना छनौट समितिमा हुने भएकोले पनि प्रभकाारि हुनुपर्ने बारेमा जानकारि गारइएको थियो ।
हाल सिडिपि र आरआरएन कार्यक्रमले डोल्पा जिल्लाका रिमी,कालिका,सर्मि,नर्कु,ल्हाँ,त्रिपूराकोट,पाहाडा,सूँ,दूनै,माझफाल,मुकोट गाविस गरि ११ वटा गाविसमा काम गर्दै आएको छ । जिल्लाका बिभिन्न क्षेत्रमा काम गर्ने उद्धेस्यले डोल्पा पहिलो पटक काम गर्न थालेको यो सँस्थाले आगामि सन २०१७ सँम्म काम गर्ने छ ।
यो कार्यक्रमले डोल्पा जिल्लका ११ वडा गाविसमा बिषेस गरि जनचेतना मूलक काम गर्ने छ भने बाकी बिकासका काम पनि गर्ने लक्ष रहेको नेपाल ग्रामिण पुन निर्माण सँस्था आरआरएन डोल्पाले जानकारि दिएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





