clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
विकासका लागि राष्ट्रपति समक्ष डोल्पाको डेलिगेशन
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १२ माघ
 
   विकास निकास आर्थिक विकास लगायतमा धेरै पछि परेको डोल्पाको एक समूहले मंगलवार विकासका लागि सुझाइदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भेटघाट गरेको छ । 
   नेकपा एमाले डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाको नेतृत्वमा एमाले डोल्पाको डेलिगेशन टोलिले भेटघाट गरेको थियो । टोलीमा डोल्पाबाट निर्वाचित संसद धनबहादुर बुढा, एमाले वैकल्पिक सदस्य हंसबहादुर शाही, एमाले डोल्पाका सचिव नन्दसिंह बुढा, उपसचिव विष्णुबहादुर रोकाया, वरिष्ठ सदस्य नरबहादुर बुढा, सचिवालय सदस्य गुरुमान कार्की, सदस्यहरु सुन्तली बिसी, कालिकोशा हिराचन, लंकबहादुर शाही, कालु बुढा, हरिप्रसाद डाँगी लगायतका नेता कार्यकर्ता, विभिन्न भातृसंगठन डोल्पाका अध्यक्षहरु, सदस्यहरु, पार्टी सदस्यहरु गरी ४८ जनाको टोलीले राष्ट्रपति भण्डारीसँग भेट गरेको हो । 
   भेटघाटका क्रममा डेलिगेशन टोलीका प्रमुख दत्तबहादुर रोकायाले राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गरेका थिए । टोलीका सदस्यहरुले खादा लगाई सबैले अभिवादन टक्र्याएका थिए । टोलीको तर्फबाट दत्तबहादुर रोकायाले डोल्पा विकासमा मात्र होइन धेरै विषयमा पछि परेको उल्लेख गर्दै डोल्पाको सदरमुकाम दुनैमा मोटरबाटो पुर्याउन, जिल्लाको हरेक विकासमा सरकारलाई मार्गनिर्देश गरिदिनुहुन अनुरोध गरेका थिए । 
   भेटघाटमा राष्ट्रपति भण्डारीले एकदमै चासो दिएर डोल्पाको विषयमा सुन्नुका साथै जिल्लाको सर्वाङ्गीण विकासका लागि कुन् र के के को विकास गर्नु जरुरी छ भन्ने जिज्ञासा राख्दै जुन टोलीले कुरा उठाएको छ त्यसका लागि आफूले केही न केही गर्नका लागि सरकारलाई भनिदिने बताउनु भएको र भेटघाट अत्यन्तै सफल भएको टोलीका प्रमुख दत्तबहादुर रोकायाले बताए । 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्