समाचार तथा गतिविधि
स्थानीयद्धारा विद्यालयलाई जग्गा चन्दा
टेक शाही
रेडियो डोल्पा एफ.एम.
डोल्पा, ५ माघ
ल्हाँ गाविसमा रहेको मुकुटेश्वर माध्यामिक बिद्यालयलाई किसान भिम बहादुर बुढाथोकीले ५ लाख को जग्गा चन्दा दिनुभएको छ । उहाँ एक साधारण किसान भए पनि बिद्यायलयको लागी यति धेरै ५ लाखको जग्गा चन्दा दिदा ल्हाँका स्थानिहरु दङ्ग परेका छन् ।
किसान भिम बहादुर बुढाथोकी भेडाबाख्रा पालेर त्यसबाट भएको आम्दानिले आफनो घर खर्च चलाउने गर्नु भएको छ । तिनै भेडाबाख्रा पालनबाट भएको आम्दानिले छोरा छोरी त्यहि बिद्यलयमा पढिरखेकोले यो ज्ञान आजर्न गर्ने मन्दिरमा चन्दा स्वरुप जग्गा दिएको बताउनु भएको छ ।
एउटा साधारण किसानमा यस्तो परिवर्तन आउदा त्यहाका स्थानिय बासीहरु खुसी भएकाछन । बिद्यालयको लागि यति ठुलो महान काम गरेकोले खुसि भएर त्हाँका स्थानियले भिम बहादुर बुढाथोकीलाई बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा समेत निवार्चित गरेको स्थानिय बिष्णु मति बुढाले जानकारि दिनु भएको छ । हाल त्यस गाविसका स्थानिय बिद्यालय सुधारको लागि लागि परेकाछन । एक किसानले यति धेरै सहयोग गर्न सक्छ भने सबै मिलेर सहयोग र काम गरे गाँउमै राम्रो शिक्षा दिन सकिने भन्दै स्थानियहरुले खुसि ब्यक्त गरेकाछन ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





