clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पामा भुकम्प सुरक्षा दिवस
रेडियो डोल्पा एफ.एम.
डोल्पा, २ माघ 
 
   डोल्पा जिल्लामा यस बर्षको १८ भुकम्प सुरक्षा दिवस प्रभात फेरि गरेर मनाइएको छ । भुकम्प प्रतिरोधी घर सँरचना सुरक्षित नेपाल हाम्रो चाहना भन्ने मुल नाराका साथ आज बिहान दुनैबजारमा प्रभात फेरि कार्यक्रम गरि मनाइएको हो । 
 उक्त प्रभात फेरिमा १९९० सालमा गएको भुकम्प र यहि बैशाख १२ गतेको महा भुकम्पले जयान गुमाएका हरु प्रति भापूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिर शान्तीको कामना गरि १मिनेट मौन धारन गरिएको थियो । 
भुकम्प प्राकृतिक प्रकोप भएको कारण कहिले र कतिबेला आउछ भन्ने कुराको यर्थाथ जानकारि कसैले पनि दिन नँसक्ने भएकोले हरेक मानिसले पूर्व सर्तकता अपनाउनु राम्रो हुने डोल्पा उद्योग बाणिज्य सँघ डोल्पाका अध्यक्ष लालिमान बुढाले बताउनु भयोे । 
अहिले कोहि पनि मानिस हल्लाका भरमा नबसि सुरक्षा सर्तकता अपाउनु पर्ने र अब देश पून निर्माण तर्फ लागेको हुनाले सबै नेपाली नागरिकले पुन निर्माणको लागि सहयोग गर्न जुट्नुका साथै अबका भौतिक सँरचानाहरु भूकम्प प्रतिरोधक बनाउन लागी पर्ने प्रमूख जिल्ला अधिकारि जिवन प्रसाद दुलालले प्रतिबद्धता जाहेर गर्नु भएको थियो । 
प्राकृतिक प्रकोप भएको कारण हरेक मानिसले जानका र बुझेका कुरा आ आफना घरमा छिमेकमा बुझाउनु पर्ने र बिपतको बेलामा सबैले सहयोग गर्न पछाडि नपर्ने प्रभात फेरिमा उपस्थित सबैले प्रतिबद्धता जनाउनु भएको छ । प्रभातफेरि कार्यक्रममा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यलयका प्रमूख तथा प्रतिनिधि, नेपाल प्रहरि, स्थायिन ब्यक्ति, ब्यपारि र सञ्चारकर्मिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्