समाचार तथा गतिविधि
काँग्रेस डोल्पका सभापतिले उपसभापतिको हातबाट अनसन तोडे
टेक शाही
रेडियो डोल्पा एफ.एम.
डोल्पा, ३० पुस
नेपाली काँग्रेस केन्द्रिय समितिले पेश गरेका क्रियाशील सदस्य फारम भरेका सबैलाई सदस्यता नदिएको भन्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति डोल्पाका सभापति टंकप्रसाद उपाध्याय १८ दिनदेखि बसेको आमरन अनसन केही माग पुरा भएको भन्दै आफ्नै कार्यसमितिका उपसभापतिको हातबाट तोडेका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति डोल्पाका सभापति टँक प्रसाद उपाध्याय १८ दिन देखि आमरन अनसनमा बसेका थिए । अनसनको १९ औ दिनमा नेपाली काँग्रेस केन्द्रिय समितिका पदाधिकारी बैठकले १२ औं महाधिवेशनमा मतदान नपाउने गरी सबैको र १ सय जनाको मतदान अधिकार सहित क्रियाशील सदस्यता दिने निर्णय गरे पछि जिल्ला कार्यसमिति डोल्पाका उपसभापति अंगदकुमार बुढाको हातबाट फ्रुटी खाई अनसन तोडेका छन् ।
जिल्ला कार्य समितिले नियम पूर्वक डोल्पा जिल्लाका ८ सय ९३ जना क्रियासिल सदस्यहरुको सदस्यता फारम भरि केन्द्रीय कार्यालयमा पेस गरे पनि केन्द्रीय कार्यालयले १८ जनालाई सदस्यता दिई अरु सबैको सदस्यता बदर गरिदिएको हुदा आमरण अनसनमा बस्नु परेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति डोल्पाले जनाएको छ ।
केन्द्रीय समितिका पदाधिकारीहरुको बैठकले केही सदस्यलाई १३ औं महादिबेसनमा मतदानको अधिकार र केही सदस्यहरुको सदस्यता कायम गर्ने तर मतदानको अधिकार नपाउने निर्णय गरे पछि एक बिज्ञप्ती जारि गर्दै अनसन तोडिएको नेपाली काँग्रेस डोल्पाले जानकारि दिएको हो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





