समाचार तथा गतिविधि
डोल्पा जिल्लाका सामाजिक परिचालकहरुको अनुगमन
मंगला बुढा
रेडियो डोल्पा एफ.एम.
पौस २९ डोल्पा
संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय जिल्ला विकास समिति को कार्यालयको एल. जि.सि.डि.पि अन्र्तगत वडा नागरिक मञ्च को क्रियाशिल मापन तथा बर्गीकरण एबम वर्गीकरण फारम सम्बधि अनुगमन कार्य सम्पन्न भएको छ । डोल्पा जिल्ला का २३ वटा गा.वि.समा कार्यरत सामाजिक परिचालकहरुले एक अर्काको गाविसको कार्य क्षेत्रमा अनुगमन गरि उक्त अनुगमन कार्य सम्पन्न गरेका छन् ।
वडा नागरिक मञ्च को क्रियाशिल मापन तथा बर्गीकरण एबम वर्गीकरण फारम सम्बधि अनुगमनका लागि १० वटा सुचक रहेका छन् । जस्तै सामाजिक परिचालकहरु आफनो कार्यक्षेत्रमा नरहेर अर्को कार्य क्षेत्रमा गई वडा नागरिक मञ्चमा २५ प्रतिशत सदस्य हेरफेर भएको वा नभएको अबस्था हेर्ने, बैठक सञ्चालनको अबस्था,योजना तर्जूृमा र प्राथमिकताकरणको निर्धारण र वडा नागरिक मञ्चका प्रसताव गरेका योजना,स्वीकृतिको अबस्था, चालु बर्षको आधार लिने नागरिक अनुगमनमा वडा नागरिक मञ्चको क्रियाशिलता,सेवा प्रवाहको अबस्था,समिक्षा,मुल्याकँन वाडा नागरिक मञ्चको क्रियाशिलता, समाज रुपान्तरणमा वडा नागरिक मञ्चको क्रियाशिलताको अबस्था,राष्ट्रिय अभियानमा वडा नागरिक मञ्चको क्रियाशिलताको अबस्था, सेवा प्रवाहमा गाविसलाई सहयोगको अबस्था, उपभोक्ता समिति गठको प्रकृयामा क्रियाशिलता अन्य सरकारि तथा गैर सरकारी निकायसँग सहकार्य र समन्वय ब्भ्ःए सुचकहरु रहेका छन ।
बिभिन्न सुचकका मापन सँगै उपभोक्त समिति गठन प्रकृया समाबेसि उपभोक्ता र समाबेसि गठन सक्रिय रुपमा सहयोग गरि उपभोक्त समितिको कामको मूल्याकँन समेत वा उपभोक्त समिति गठन मात्र सहयोग गरेका छन वा छैनन भनेर अनुगमन गरिने गरिन्छ । यस्का साथै वडा भित्र हुने बिकासका गतिबिधिका लागि बिभिन्न सरकारी, गैर सरकारी तथा बिभिन्न स्थायिन सँघसँस्था समन्वय गरि कम्तीमा दुईपटक क्रियाकलाप समन्वय सम्पन्न वा त्यस्ता बिषयमा कुनै चासो र सारोकार लिएको छ या छैन भनि कामको मापन तथा वर्गिकरण गर्ने कार्य सम्पन्न भएको दुनै गाविसकी समाजिक सहजकर्ता दिलमाँया केसिले जानकारि दिनुभएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





