समाचार तथा गतिविधि
जुफालमा जिप दुर्घटना हुदा ५ जना यात्रु समान्य घाईते
रेडियो डोल्पा एफ.एम.
पौस ३० डोल्पा
जुफालबाट दूनै आउदै गरेको भे १ च १३५१ नँ को जिप जुफालमा दुर्घटना भएको छ । दिउसो १२ बजे पछि सामान र यात्रु बोकेर दुनैको लागि छुटेको जिप केहि मिनेटमै दुर्घटना भएको हो । उक्त जिपमा रहेका ५ जना यात्रु मध्य गोबिन्द पौडेलको टाउको र हातमा चोट लागको छ भने अन्य यात्रु सामान्य घाईते भएका स्थानियले जानकारि दिएकाछन ।
सडक साघुरो र ओरालो भएको र जिपको स्टेरिगँ फेल भए पछि जिप दुर्घटना भएको थियो । जिपको स्टेरिगँ फेल भए पछि जिप चालक तुल बहादुर चौधरिले निकै होसियारि पूर्वक जिपलाई नियन्त्रण लिएकोले आफुहरुलाई सामान्य चोट लागेको घाईते यात्रुहरुले बताएका छन । जिप दुर्घटना भए लगत्तै बिमानस्थल सुरक्षा गार्ड ईन्चार्ज भोज बहादुर बानियाको नेतृत्वको टोली र स्थानियले उद्धार गरि स्थानिय मेडिकलमा घाईतेहरुको उपचार गरेको बिमानस्थल सुरक्षा गार्ड ईन्चार्ज भोज बहादुर बानियाले बताउनु भएको छ ।
राष्ट्रिय सडक मार्गले नछोए पनि ब्यापरिले निजि जिप बिगत तिन बर्ष देखि जुफाल र दुनै आन्तरिक यातायात सञ्चालनमा ल्याई रहेका छन । दुनै देखि जुफाल सम्म प्रति यात्रु ३५० को भडादर कायम गरि सञ्चालनमा ल्याए पनि कच्चि सडक र यात्रुको अध्याधिक चापको कारण धेरै पटक दुर्घटना भएकाछन भने हाल सम्म मानबिय क्षति भने भएको छैन । धरै जसो दुर्घटना चालकको लापरवाहीले हुने भए पनि आज चालकको होसियारिको कारण टेलो दुर्घटना हुनबाट बचेको छ ।
बिगत तिन बर्ष देखि ब्यापारिले हेलिकप्टरबाट जिप ल्याएर जेफाल दुनैको २५ किलोमिटर सडकमा यात्रुलाई सेवा दिदै आएकाछन । यात्रुलाई सेवा दिए पनि कहिले समयमा जिपको मर्मत नगरि त कहिले अत्याधिक यात्रुको खचाखचले गर्दा दुर्घटान हुने गरेको स्थायिहरुको गुनासो छ । सडक मार्गले नछोएको जिल्लामा निजि जिप सञ्चालनमा ल्याउनु राम्रो भए पनि ट्राफिक र अन्य नियम नभएको कारण यात्रुले भने अनुसारको सबिधा पाउन नसकेको यात्रुहरुले बताएको समाचारदाता जुनुहिराचनले जुफलबाट खबर पठाउनु भएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





