समाचार तथा गतिविधि
सुँ गाविसमा एसएलसि तयारि कक्षा सञ्चालन
टेक शाही
रेडियो डोल्पा एफ.एम.
पौस ३० डोल्पा
सुँ गाविसको वडा नँ २,३,र ४,५ सुँ गाँउमा एसएलसि तयारि कक्षा सञ्चालन भएको छ । चैतको दोस्रो सातबाट हुने एसएलसि परिक्षालाई मध्यनजर गरि सरस्वति माध्यामिक बिदालय सुँका बिद्यार्थिका लागि एसएलसि परिक्षाको तयारि कक्षा सुरु गरिएको छ ।
बिद्यार्थिहरुका लागि औषत रुपमा कठिन बनेका बिषय अँग्रेजि, गणित, बिज्ञान बिषयमा स्वही बिद्यालयका २८ जना र अन्य बिद्यालयबाट आउने २ जना गरि जम्मा ३० जनाले अध्ययन अध्यापन गरि रहेकाछन । बिद्यार्थिहरुको उज्वल भबिष्यका लागि सुँ गाविसले एसएलसि परिक्षा सँचालनको लागि केहि आर्थिक सहयोेग गरेको छ भने बाँकी लागने सुल्क बिद्यार्थि आफैले ब्यबस्था गरेरे एसएलसि तयारि कक्षा सञ्चालन गरेको प्रधानाध्यापक भिम धरालाले बताउनु भएको छ ।
जाडो महिनमा एसएलसि तयारि कक्षा पर्ने भएको हुदा चिसोको कारण बिहन ९ बजे देखि दिउसो साढे दुई बजे सम्म कक्षा सञ्चालन हुने गर्दछ । जाडो बिदामा बिदामा नबसि बिद्यार्थिको भबिष्य उज्वल बनाउने उद्धेस्यले आफु जाडोमा बसेर बिज्ञान,गणित र अँग्रेजि बिषयको एसएलसि तयारि कक्षा सञ्चालन गरेको शिक्षक दिपे्रन्द्र अधिकारिले बताउनु भएको छ । सबै अभिभाकको आर्थिक अबस्था सवल नहुने र बिद्यार्थिले भने अनुसारको शिक्षा आर्जन गर्न नपाउने भएकोले अभिभाबक,शिक्षक र सरोकारवालाहरुको सक्रियतामा बिद्यालयमा नै एसएलसि तयारि कक्षा सञ्चालन गर्दा सबैलाई समान पहुच पुगेको स्थानियहरुले बताएका छन । शहरमा पढाउन धेरै खर्च लाग्ने र यहि पढ्दा घरमै बसेर सबै खर्च पुगने भएको हुदा आर्थिक भार कम भएको र आफनो नजिकै छोराछोरी बढाउन पाउदा अनन्दको महसुस गरेको अभिभाबक नवराज बुढाले बताउनु भयो ।
हाल सुँ गाविसको सरस्वती माध्यामिक बिद्यालयमा ३० जना बिद्यार्थिले दैनिक एसएलसि तयारि कक्षामा उपस्थित भएकाछन । यसरि निरन्तरको पाढाईले आगामि एसएलसिको परिक्षामा राम्रो नतिजा ल्याएर बिद्यार्थि उत्तिर्ण हुने र बिद्यालय वा जिल्लाको पहिचान झल्काउने आसा रहेको स्रोत ब्यक्ति तथा प्रधानाध्यापक भिम धरालाले बताउनु भएको समचारदाता दिलमाया केसिले खबर लेख्नु भएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





