clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
कर्णालीमा कम्यूनिष्ट पार्टीको इतिहाँस नामक पुस्तक विमोचन
रेडियो डोल्पा एफएम
नेपालगञ्ज, २९ पुष,
 
   नेपका एमालेका महासचिव इश्वर पोखरेलले वैकल्पीक पोलिटव्यूरो सदस्य तथा केन्द्रिय  गोरखबहादुर बोगटीद्धारा लिखित कर्णालीमा कम्यूनिष्ट आन्दोलन नामक पुस्तक विमोचन गर्नु भएको छ । 
   नेकपा एमाले भेरी र कर्णाली अञ्चल स्तरिय भेलाको अवसरपारी महासचिव पोखरेलले बाँकेको भेरी प्राविधिक शिक्षलयमा उक्त पुस्तकको बिमोचन गर्नु भएको हो ।  बिमोचन कार्यक्रममा महासचिव पोखरेलले एमाले कर्णालीका संस्थापक नेता समेत रहेका बोगटीले पुस्तक मार्फत कर्णालीमा दलगत राजनीति सहित देखि कम्यूनिष्ट पार्टीको संघर्षलाई संस्थागत गर्ने काम गरेको बताउनु भएको छ । हरेक क्षेत्र र वर्गको पहिचानका आवाज निकै बुलन्द रुपमा अघि बढिरहेका वेला बोगटीले लेखेको पुस्तकले कर्णालीको एतिहाँसिकतालाई थप नयाँ पहिचान दिने काम गरेको बताउनु भएको छ । कार्यक्रममा एमाले सचिव प्रदिप ज्ञावलीले हरेक क्षेत्रबाट विकट, अभावी र गरिवीको उपमा पाएको कर्णालीको गौरवमय इतिहाँस र उज्वल भविष्यलाई समेटिएको एकिकृत दस्तावेजका रुपमा पूतक  निकाल्ने नेता बोगटीको कामको निकै प्रसंशा व्यक्त गर्नु भएको छ । 
   नेकपा एमाले हुम्ला काठमडौं सम्पर्क कमिटीले प्रकाशन गरेको पुस्तक मार्फत हरेक प्रकारका कम्यूनिष्ट आन्दालेनमा अग्रणी रहेको कर्णालीको इतिहाँस नभएको देख्दा आफूलाई त्यस प्रकारको इतिहाँस लेख्ने प्रेरणा मिलेको पुस्तकका लेखक एमाले कर्णाली इन्चार्ज गोरखबहादुर बोगटीले बताउनु भएको छ । कर्णालीको अलिखित पार्टीगत र कम्यूनिष्ट आन्दोलनलाई लिखित गर्ने काम निकै गाह्रो भएको बताएका लेखक बोगटीले कर्णालीका स्थानीय नेता, बुद्धीजीवी, कर्णालीलाई राजनीतिक तथा अन्य कामका रुपमा कार्म थलो बनाएर काम गरेका सबै महानुभावको सहयोगले पुस्तक निकाल्ने कामले सार्थक पाएको प्रतिक्रिया दिनु भयो । भेरी र कर्णालीका झण्डै एक हजार जना एमाले नेता आफू निकै भाग्यमानी भएको प्रकाशक समेत रहेका एमाले हुम्ला काठमाडौं सम्पर्क कमिटीका अध्यक्ष हस्त रावतले बताउनु भएको छ । उहाँका अनुशार झण्डै ६ महिना अघि तयार भएको पूसतक भुकम्प र भारतले लगाएको नाकाबन्दीका कारण समयमा निस्कन नसक्दा धेरै पटक संशोधन गर्दै जानु परेको थियो । आज सार्वजिक भएको पुस्तकको मुल्य व्यक्तिगत २ सय छ भने संस्थागत ५ सय तोकिएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्