समाचार तथा गतिविधि
हेलो मोवाइलको नेटवर्क अवरुद्ध हुंदा सेवाग्राही मर्कामा परेका छन्
रेडियो डोल्पा एफएम
डोल्पा, २९ पुस
डोल्पाका ग्रामीण र दुर्गम क्षेत्रमा विस्तार भइ सेवा दिदै आएको हेलो मोवाइलको टावरले काम नगरी नेटवर्क समस्या परेका कारण हेलो मोवाइलका ग्राहकहरु समस्यामा परेका छन् ।
डोल्पा जिल्लाका विभिन्न गाविसहरु शहरतारा, मुकोट, छार्का, तिन्जे, साल्दाङ्, धो, फोक्सुण्डो, रह, माझफाल, सर्मी लगायतका गाविसमा जडान गरिएको हेलो मोवाइलका सबै टावरहरुमा सेवा अवरुद्ध भएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए ।
उनका अनुसार यो मोवाइल सेवाको जिल्ला स्थित सम्पर्क कार्यालय नभएकाले पनि सम्पर्क गर्न, सेवाका बारेमा छलफल गर्न समेत सेवाग्राहीहरुलाई समस्या रहेको छ । यस्तो अवस्थाका कारण डोल्पाका हेलो मोवाइल प्रयोग कर्ताहरुले महिना सेवा नपाएको महिना बढि भैसक्दा पनि गुनासो सम्म गर्न पाएका छैनन् ।
डोल्पामा हेलो मोवाइलका प्रयोग कर्ताहरु माथिल्लो डोल्पाका ७ वटा सबै गाविस, रह, लावन, शहरतारा, माझफाल, सुं, लिकु, पाहाडा, सर्मी, रिमी, काइगाउं लगायतका गाविसहरुमा गरेर हेलो नेटवर्कका ५ हजार भन्दा बढि ग्राहकहरु अनुमान नागरिक समाज डोल्पाको छ ।
यी गाविसहरुमा एनसेलको कुनै सेवा नभएको र नेपाल टेलिकमको केही गाविसहरुमा मात्र रहेकाले यी गाविसहरुमा रहेका जनताहरुलाई सूचना सञ्चारमा ठुलो मर्का परेको नेकपा एमाले डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाले बताए ।
हेलो मोवाइलको सेवा अवरुद्ध भएको सम्बन्धमा गुनासो गर्न आफूकहां आउने गरेको तर यसको सम्पर्क तथा डोल्पाको जिम्मेवार व्यक्ति को भन्ने थाहा नहुंदा जानकारी लिन समेत अप्ठेरो परेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । प्रजिअ दुलालले थपे यस दुरसञ्चार कम्पनीको नम्बर खोजेर एक दुई दिनमै कुरा गर्छु ।
यस प्रकार जिल्ला स्थित सरकारको प्रमुखको समेत पहुंचमा समस्या रहेको यो हेलो मोवाइलको सेवा अवरुद्ध हुंदा सम्बन्धित सेवाप्रदायक संस्थासम्म सर्वसाधारण सेवाग्राहीहरुको कसरी र कस्तो पहुंच होला सोझै अनुमान गर्न सकिने भएकाले सम्बन्धित सरकारी निकायले यसको व्यवास्थाका लागि पहल गर्नु पर्ने माग नागरिक समाज डोल्पाको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





