clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
आर्थिक अभावका कारण लघुजलविधुत आयोजना अधुरै
रेडियो डोल्पा एफएम
   डोल्पा, २८ पुस
 
   आर्थिक अभावका कारण यस दुर्गम जिल्ला डोल्पाको पनि पछि विकासमा पारिएको सर्मि गाविसको नुनेगाड साना जलविधुत केन्द्रको निर्माण कार्य अलपत्र परेको छ ।
   आठ वर्ष अघि निर्माणको अभियान सुरु भएको सर्मी गाविसको नुनेगाड साना जलविधुत आयोजना बजेट अभावका कारण अघि बढ्नै नसकेको उक्त आयोजनाका निर्माण उपभोक्ता समितिका अध्यक्ष देवबहादुर बुढाथोकीले बताए । 
   निर्माणको काम जिम्मा लिएर खत्तम भएछ । सर्मीको विकासका लागि कसै हेर्दैन रहेछन् । चाहे जो पार्टीको नेता भए पनि अन्य गाविसहरुलाई मात्र दिने र हामीलाई बजेट पर्याप्त बिनियोजन नगरिदिंदा योजना हाल अलपत्र बनेको सर्मी गाविसबासिहरु बताउछन् । 
   यो आयोजनाको विधुत उत्पादन गृह आधा बनेको छ, पेनस्टक पाइप राखिएको छ, आधा पोलहरु गाडि सकिएको छ, नहरको काम सुरु हुन सकेको छैन । यस आयोजनाको आधाभन्दा बढि काम बांकी नै छ तर बजेट अभावका कारण काम पूर्णरुपमा अलपत्र परेको निर्माण उपभोक्ता समितिले जनाएको छ । यीनै समस्याका कारण सामानहरु पनि विभिन्न ठाउंमा छरिएर रहेको छ । 
   जोडतोडका साथ पोलहरु गाड्ने काम भैरहेको बेला पोल भाचिएर प्राविधिकको मृत्यु भए पछि अवरुद्ध बनेको निर्माण कार्य रोकिएको ३ वर्ष वितिसकेको छ । त्यतिखेर प्राविधिक कारणले रोकएको यो लघु जलविधुत आयोजनाको निर्माण कार्य अहिले बजेट नहुंदा अघि बढाउन नसकिएको निर्माण समितिका अध्यक्ष बुढाथोकीले बताएका छन् । 
   त्यस कारण सर्मि गाविसको भरखरै सम्पन्न गाविस परिषदले सम्बन्धित निकायहरुमा यस सानाजलविधुत आयोजनाको निर्माण सम्पन्न गर्न पुग्ने बजेट आगामी आर्थिक वर्ष मै बिनियोजनका लागि जिल्ला विकास समिति र सम्बन्धित निकायमा पहिलो प्राथमिकतामा राखि सिफारिस गरि पठाएको सर्मी गाविस सचिव जगबहादुर बस्नेतले बताए । 
   जनताको संविधान जनताकै माझमा अभियानका साथै विकास योजना अध्ययन अनुगमनको अभियानका क्रममा सर्मी गाविसमा पुगेको बेला सर्मी गाविसबासिहरुले आफूलाई यो सानाजलविधुत आयोजनालाई पुरा गर्न पहल गरिदिन अनुरोध गरेको सम्झदै डोल्पाका संसद धनबहादुर बुढाले आफू पहलमा जुटेको फोनमा बताए । 
   यो आयोजना भन्दा पछाडि निर्माण कार्य सुरु भएका लघु जलविधुत आयोजनाहरु निर्माण सम्पन्न भई उपभोक्ताहरुले बत्ति प्रयोग गरिहरेका छन् तर सर्मी गाविसका लागि कसैले पनि हेरेन अध्यक्ष बुढाथोकीले भने । 
   उनले सम्झदै भने म कहां पुगिन गाउं विकास समिति र जिल्ला विकास समितिको सिफारिस लिएर वैकल्पिक उर्जा, गरिबी निवारण कोष, दुर्गम क्षेत्र विकास समिति लगायतका विभिन्न निकायहरुमा धाउदा धाउदा योजना आउंनु भन्दा आफ्नो गोजिको पैसा मात्र सकिएयो । 
   डोल्पाका २३ गाविसहरु मध्ये सर्मी गाविसको विकासमा जिल्लाका हरेक विकासे कार्यालयहरुले उपेक्षा गरेको आरोप सर्मी गाविसबासिहरुको आरोप छ । उनीहरुले विकास, निकास, बजेट विनियोजन, कुनै गैरसरकारी संस्थाले सञ्चालन गरेका कार्यक्रम लागु गर्न प्राथमिकता तोक्दा, सरकारी कार्यालयहरुले कार्यक्रम सञ्चालन गर्ने क्रममा सर्मी गाविसलाई छनोटमा नपार्ने गरेको आरोप गाविस परिषदमै लगाएका हुन् । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्