clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
नेकपा(एमाले) भेरी कर्णाली अञ्चल स्तरीय कार्यकर्ता भेला नेपालगञ्जमा सुरु
रेडियो डोल्पा एफएम
  नेपालगञ्ज, २८ पुस
 
 
   संविधान नबनेर अत्यन्तै समस्यामा पर्न लागेको नेपालमा संविधान जारी गरे पछि केही पश्चकारी पार्टी र समूहहरुले नेपाललाई बन्धक बनाउने गरी आन्दोलन गरेको अवस्थालाई मौकाको रुपमा छोपेर आफूले भनेको जस्तो संविधान नबनाएको भनेर भारतले गरेको नाकाबन्दीको पर्दाफांस गरी नयाँ संविधानको प्रचार प्रसार गर्ने उद्धेश्यले नेकपा एमाले भेरी कर्णाली अञ्चल स्तरीय कार्यकर्ता भेला मंगलवार सुरु भएको छ । 
   नेकपा एमालेले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेर देशलाई अग्रगमन तर्फ हिडाइरहेको र यही क्रममा नेकपा एमालेलाई विभिन्न आरोपहरु लगाउने गरेको अवस्थामा पार्टी नेताकार्यकर्ताहरुलाई प्रशिक्षित बनाई गाउँ गाउँमा त्यस्ता कुतत्वहरुसँग जुधेर पार्टीलाई चुस्तदुरुस्त बनाउन यो प्रशिक्षिण कार्यक्रम राखिएको कर्णाली सह इन्चार्ज एवम् डोल्पा जिल्ला पार्टी इन्चार्ज हंशबहादुर शाहीले बताए । 
   डोल्पाबाट पार्टी अध्यक्ष दत्तबहादुर रोकाया, उपाध्यक्ष तुलाचन्द्र बुढा, सचिव नन्दसिंह बुढा, सचिवालय सदस्यहरु नरबहादुर बुढा, गणेशबहादुर शाही, छक्कबहादुर धराला, चन्द्रकुमारी बुढा, गोपालबहादुर शाही, जिल्ला कमिटी सदस्यहरु पूर्णबहादुर डाँगी, रनलाल कुलाल, हरिप्रसाद डाँगी, शिबकुमारी शाही, सुमन बुढा, लक्षि सार्की, कालिकोशा हिराचन, भातृ संगठनका प्रमुखहरु धनबहादुर डाँगी, शेरबहादुर बुढा, कमलबहादुर बुढा, अन्य कार्यकर्तामा सपना धराला, मनकुमारी हिराचन लगायतका नेता कार्यकर्ताहरु भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा सञ्चालित प्रशिक्षणमा सहभागि भएको नेकपा एमाले डोल्पाले जनाएको छ । 
   छ सय भन्दा बढि नेता कार्यकर्ताहरु भेला भएको प्रशिक्षण कार्यक्रमलाई उपप्रधान तथा रक्षा मन्त्री एवम् एमाले केन्द्रिय कमिटीका उपाध्यक्ष भिम रावलले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा युवराज ज्ञवाली, प्रकाश ज्वाला, घनश्याम भुसाल लगायतका नेता प्रशिक्षकहरुले प्रशिक्षण दिनु हुने छ । 
   प्रशिक्षण कार्यक्रम भेरी कर्णाली अञ्चल कमिटीको आयोजनामा बांके जिल्ला कमिटीको व्यवस्थापन गरेको छ । कार्यक्रमलाई कर्णाली अञ्चल सह इन्चार्ज हंशबहादुर शाहीले सञ्चालन गर्नु भएको कर्णाली अञ्चल इन्चार्ज गोरखबहादुर बोगटीले बताउनु भयो । प्रशिक्षण कार्यक्रम भोली बुधवारसम्म चल्ने छ । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्