clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
घरघरमा पोषण शिक्षा सबैमा सचेतना
रेडियो डोल्पा एफएम
   डोल्पा, २७ पुस
 
   तपाईहरु पौष्टिक खाना खानुहोस् । सबै तत्व भएको सन्तुलित खाना खानुहोस् र तपाईहरुको सम्बन्धमा रहेका सबैलाई यो कुरा भन्नुस अनि खान लगाउनुहोस् भन्दै गाउं गाउं स्वास्थ्यकर्मीको पहलमा सचेतनाबाट होला आमा समूहकी सदस्य लक्ष्मी बुढा भन्दै थिइन् । 
   जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले प्रशिक्षित गरेर गाउंका महिला स्वास्थ्य सेविका र आमा समूहका सदस्यहरुलाई तालिम दिए पछि नौदारी आमा समूहकी लक्ष्मी बुढा गाउंकी आफ्नी दिदी वहिनीहरुसंग पानी लिन गएको बेला पानी धारामा यी माथिका कुरा गर्दै थिइन् । उनी एक प्रतिनिधि पात्र मात्र हुन् ।
   यो अभियान लक्ष्मीलाई मात्र लागेको होइन । गाउं गाउंमा सबै महिलाहरु आजभोली पोषीलो खाना, भिटामिन ए र एचआईभी एड्सका बारेमा चर्चा गरी फाइदा वेफाइदाका बारेमा चर्चा गर्ने गर्छन् । यसले के देखाउछ भने गाउंमा महिलाहरुले पौष्टिक र सन्तुलित खाना आफ्नो परिवारलाई खुवाएर घरपरिवार मात्र होइन समाजनै स्वास्थ बनाउने अभियानमा लागेका छन् । 
   डोल्पाका गाउं गाउंमा जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले महिला स्वास्थ्य सेविका र आमा समूहका सदस्यहरुलाई पोषण, भिटामिन ए अभियान र एचआइभी एड्स कार्यक्रम सम्बन्धमा सचेतना फैलाउने अभियान अन्तर्गत तालिम दिएर महिलाहरुलाई सचेत गराए पछिको प्रगति हो भन्न रुचाउछन् सर्मी गाविसका सामाजिक कार्यकर्ता लालु बुढा । 
   यस डोल्पामा हिउंदमा चिसोका कारण कुनै पनि काम गर्न सकिदैन भन्ने भनाईलाई वास्ता नगरी जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले वर्षमा सबैभन्दा चिसो हुने यस पुस महिनामा डोल्पाका १६ वटा गाविसका महिला स्वास्थ्य सेविका र आमा समूहका सदस्यहरु गरेर ५ सय १२ जनालाई पोषण, भिटामिन ए अभियान र एचआइभी एड्स अभियान सम्बन्धमा प्रशिक्ष्ँण दिएको थियो । 
   मध्ये र तल्लो डोल्पाका सर्मी, नर्कु, रिमी, काइगाउं, कालिका, ल्हां, लिकु, पाहाडा, सूं, त्रिपुराकोट, माझफाल, जुफाल, रह, दुनै, लावन र शहरतारा गरी १६ गाविसमा सम्बन्धित स्वास्थ्य चौकी मार्फत ७ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका रनलाल कुलालले बताए । 
   हिउंदमा काम गर्न सकिदैन भनेर डोल्पाका प्राय सरकारी कार्यालयहरुमा कर्मचारीहरुको अभाव हुन्छ । यस प्रकारको मानसिकतालाई हटाई काम गर्ने हो भने माथिल्लो डोल्पाका ७ वटा गाविसहरु बाहेक अन्य सबै गाविसहरुमा १२ अ‍ै महिना विकास निर्माण, प्रशिक्षण तथा तालिम कार्यक्रम लगायतका कुनै पनि अभियान गरी सरकारी लक्ष्य पुरा गर्न सकिने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । उनले थपे यसको बलियो प्रमाण जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले यो महिनामा सम्पन्न गरेको तालिमबाट प्राप्त हुन्छ । 
 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्