clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
दुनै मरिम मोटरबाटो दुबै तर्फबाट निर्माण हुदै
रेडियो डोल्पा एफएम
   डोल्पा, २६ पुस
 
   डोल्पाको विकासमा कोशेढुङ्गा सावित हुनसक्ने नेपाल र चीनको सिमानामा डोल्पाबाट पर्ने नाकासम्म मोटरबाटो निर्माणको काम सिमाना तर्फबाट पनि निर्माण कार्य भैरहेको छ । 
   डोल्पाको सदरमुकाम दुनैबाट धो हुदै चीनको नाका मरिम्लासम्म मोटरबाटोको  काम तदारुक्ताका साथ नेपाल सरकारको बजेटबाट भैरहेको डोल्पाका निर्वाचित संसद धनबहादुर बुढाले बताए । उनका अनुसार नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना नाका पर्ने मरिम्लादेखि तिन्जेसम्म ३५ किलोमिटर मोटरबाटो ट्रयाक ओपन भैसकेको छ । त्यो देखि तल मोटरबाटो निर्माणको ठेक्का सम्झौता समेत भैसकेको जिल्ला विकास समिति डोल्पाले जनाएको छ । 
   त्यसै गरी दुनैबाट पनि ३० किलोमिटर लसिक्यापसम्म मोटरबाटो जिल्ला विकास समिति डोल्पा अन्तर्गत ड्रिल्प आयोजनाले ट्रयाक खोलिसकेको छ । बांकी सडकको ट्रयाक खोल्ने काम आगामी ३ वर्ष भित्र सम्पन्न गर्ने गरी आफू लागेको संसद बुढाले बताए । 
   यो मोटरबाटो पर्यटकिय हिसाबले मात्र नभएर उत्तरमा तिब्बत र दक्षीणमा भारतलाई  जोड्ने कसिका रुपमा रहने छ । त्यस कारण पनि यो बाटो निर्माणको लागि आफ्नो पहिलो प्राथमिकता रहेको भनाई संसद बुढाको छ । त्यस कारण पनि उले यो बाटोलाई उत्तर दक्षीण लोकमार्ग नामाकरण गरेको बताउछन् । 
   यो मोटरबाटो निर्माण सम्पन्न भई सञ्चालन भएर चीनको स्वाशासित क्षेत्र तिब्बत र नेपालको सिमा नाका खुलि व्यापार हुन थालेमा मध्यपश्चिमकै चीनसंगको प्रमुख नाका हुने र यस नाकाबाट अत्यावश्यक सामग्री आपूर्ती गर्न सकिने छ । 
   यो बाटो बनेर नाका खुलेमा व्यापार बढ्न गई गरिबीका रेखामुनि रहेका डोल्पालीहरुको जीवनस्तर उच्च बन्ने आशा जिल्ला विकास समिति डोल्पाले लिएको निमित्त स्थानीय विकास अधिकारी जंगबहादुर शाहीले बताए । 
   दुनैदेखि धो हुदै तिब्बतको सिमाना मरिम्ला नाकासम्म अन्दाजी १ सय ६० किलोमिटर रहेको र जस मध्ये मरिम नाकादेखि तिन्जेसम्म ३५ किलोमिटर र दुनैदेखि लसिक्यावसम्म ३० किलोमिटर गरी ६५ किलोमिटर मोटरबाटो ट्रयाक खुलिसकेको छ । यो वर्ष काम हुने गरी ३५ किलोमिटर मोटरबाटो निर्माण गर्न टेन्डर भै सम्झौता समेत भैसकेको अवस्था छ । अब बांकी ६० किलोमिटर आगामी ३ वर्षमा जोडदार पहल गरेर यो बटो बनाउने मेरो पहिलो लक्ष्य हुनेछ डोल्पाका एक मात्र संसद बुढाले भने । 
   उनले थपे डोल्पाको भविश्य मोटरबाटो निर्माण गरी यातायात सुलभ बनाउनु जरुरी छ । जस्का लागि जाजरकोट त्रिवेणी हुदै दुनैसम्मका लागि नेपाली सेना मार्फत नेपाल सरकारले तदारुक्ताका साथ मोटरबाटो खनि रहेको छ । भने दुनै धो हुदै चीनको सिमाना नाका मरिमसम्मधो दुबै ततर्mबाट मोटरबाटो खन्ने काम भैरकेको स्थानीय विकास अधिकारी सन्तोषकुमार दाहालले बताए । 
   नेपाल र चीनको नाका मरिम्लादेखि भारतको नाका रुपैडिहालाई यो उत्तर दक्षीण लोकमार्गले छुन्छ । यो मोटरबाटो बनेर यातायात चल्न थाले पछि डोल्पाको मात्र होइन यस क्षेत्रकै आर्थिक स्थितिमा मजबुति आउने र यस क्षेत्रका जनताहरुको जीवनस्थर सरल बन्ने आशा जिल्ला विकास समिति डोल्पाले राखेको छ ।
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्