समाचार तथा गतिविधि
प्राय सबै गाविसहरुको गाउं परिषद सम्पन्न
रेडियो डोल्पा एफएम
डोल्पा, २४ पुस
भौगोसलिक रुपमा विकट र विकासमा पछि परिेको जिल्ला डोल्पाका प्राय सबै गाविसहरुले गाउं परिषद सम्पन्न गरेर आगामी आर्थिक वर्षका योजनाहरुको छनोट गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्नका लागि योजनाहरु छनोट गर्ने, ती योजनाहरुलाई आवश्यक बजेट विनियोजन गर्ने र योजनाहरुको प्राथमिकिकरण गर्ने विभिन्न चरण मध्येको गाउं परिषदहरु डोल्पाका सबै गाविसहरुले सम्पन्न भएको निमित्त स्थानीय विकास अधिकारी जंगबहादुर शाहीले बताए ।
गाउं विकास समितिहरुले आफ्नो गाविस क्षेत्र भित्र आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्नका लागि योजना छनोट गर्ने क्रममा शुक्रवार काइगाउं गाविसको गाउं परिषद विभिन्न योजनाहरु छनोट गरी आवश्यक प्रस्तावित बजेट बिनियोजन गर्दै सम्पन्न भएको समेत निमित्त स्थानीय विकास अधिकारी शाहीले बताए ।
उनका अनुसार २३ गाविस रहेको डोल्पाका हालसम्म सबै गाविसहरुले आ–आफ्नो गाउं परिषदहरु सकेको अनौपचारिक खबर प्राप्त भएको र रिपोर्ट आउन भने बांकी नै रहेको छ ।
परिषदमा आगामी आर्थिक वर्षका लागि समुदायलाई आवश्यक विभिन्न योजनाहरु छनोट गर्ने, ती योजनाहरुको प्राथमिकि करण गरेर नभै नहुने योजनाहरुलाई क्रमश राख्दै जाने र ती योजनाहरुका लागि आवश्यक पर्ने बजेटको पनि अनुमानित रुपमा बिनियोजन गर्ने गाविस परिषदले गर्ने गर्छ ।
यसका अलवा गाउं विकास समितिको बजेटले भ्याउने आफैले गर्ने गरी योजनाहरु पास गर्ने, गाविसको बजेटले नधान्ने भए इलाका परिषद हुदै जिल्ला विकास समिति र अन्य माथिल्लो निकायहरुमा पठाउनका लागि योजना पास गरेर माथिल्लो निकायहरुमा पठाउने गरी परिषदले पास गर्नु पर्ने प्रावधान परिषदको हुने स्थानीय विकास अधिकारी सन्तोषकुमार दाहालले फोनमा बताए ।
उनका अनुसार गाविस परिषद हुनु भन्दा पहिले वडा स्तरमा वडा नागरिक मञ्चहरुले छलफल गरी आ–आफ्नो वडाबाट योजनाहरु छनोट गरी ल्याउने र ती वडाहरुबाट छानिएर आएका प्रस्तावित योजनाहरुलाई नै गाविस परिषदले छलफल गरी गाविस आफैले सम्पन्न गर्ने र माथिल्लो निकायमा पठाउने गरी आगामी आर्थिक वर्षका लागि योजनाहरु पास गरिन्छन् ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





