समाचार तथा गतिविधि
संविधान निर्माण पछि संसदद्धारा विकासमा लाग्ने प्रतिवद्धता
रेडियो डोल्पा एफएम
डोल्पा, २३ पुस
निर्वाचित भएर काठमाण्डौं पुगी संविधान बनाए पछि संविधानको नासो लिएर गाउं पुगेका डोल्पाका माननिय संसद धनबहादुर बुढा सकेजति योजना पारेर जिल्लाको विकास गर्न लाग्ने प्रतिवद्धता जनाउदै राजधानी फर्केका छन् ।
संविधान दिएकोमा खुसि हुदै अब विकास गर्न गाउंगाउंमा जिल्लाको विकास गर्न डोल्पाका एक मात्र संसद धनबहादुर बुढासंग माग गरेका छन् । जनताबाट विकासका लागि आग्रह आए पछि सबै गाउंमा विकास योजनाहरु धेरै भन्दा धेरै हाल्ने र गाउं गाउंको विकासमा लाग्ने प्रतिबद्धता जनाएर संसद काठमाण्डौं फर्केको भ्रमण टोलीमा संगै रहेका नेकपा एमाले जिल्ला कमिटी डोल्पाका सदस्य नरबहादुर बुढाले बताए ।
मध्य र तल्लो डोल्पाका गाउंगाउं पुगेका माननिय संसद धनबहादुर बुढासंग आआफ्नो गाउंमा विकास हालिदिनु पर्यो भन्ने आवाज धेरै सुन्नु परेको संसद धनबहादुर बुढाले बताए । उनले थपे म जिल्लाको दिर्घकालिन विकास योजनाहरुमा बढि ध्यान दिनेछु ।
विकासमा पछि परेका कारण सबै गाउंमा विभिन्न विकास योजनाको आवश्यक्ता रहेको छ । जस मध्ये पनि मोटरबाटो, पर्यटन विकास, संचारको विकास, विद्यालयको विकास लगायत अन्य भौतिक विकासको माग बढि आएको छ । यस वाहेक मन्दिर, धारा, गुम्बा, चौतारा, पुलपुलेसाहरुको विकासका लागि समेत जनताले माग गरेको संसद बुढाले बताए ।
उनले भने गाउंबाट काठमाण्डौं फर्केदेखि नै म मोटरबाटो, सिंचाई, खानेपानी, विद्यालय, बाटोघाटो, पर्यटन विकास लगायतका विभिन्न विकासका लागि विभिन्न मन्त्रालयमा मन्त्रीहरुसंग धाउने गरेको छु ।
एक महिना घुमी आफ्नो निर्वाचन क्षेत्रबाट फर्के पछि आफू सबैभन्दा बढि जुम्लाबाट मौरे, काइगाउं, त्रिपुराकोट हुदै सदरमुकाम दुनै मोटरबाटो ल्याई पुर्याउने भन्ने हेतुले त्यसका लागि बजेट व्यवस्थामा लागि परेको संसद बुढाले बताए । यसका अलवा उत्तर दक्षीण लोकमार्गमा पर्ने मरिम धो हुदै दुनै र जाजरकोट त्रिवेणी हुदै दुनै मोटरबाटो ल्याएर डोल्पाको जनजीवनलाई सहज बनाउने लक्ष्यका साथ लागेको संसद बुढाले भने गाउमा बाचा गरे अनुसार योजना पार्ने प्रयासमा म जुटिसकेंको छु ।
विकासमा पछि परेको जिल्ला भएका कारणले पनि होला डोल्पामा प्राय सबै गाउंबाट आआफ्ना योजनाहरु ल्याएर आउंने गरेको र सबैले आफ्ना योजना पर्नु पर्छ भनेर अड्डी कस्ने गर्ने परम्परा रहेको स्थानीय विकास अधिकारी सन्तोषकुमार दाहाल बताउछन् । उनी थप्छन् योजना माग्नु राम्रो हो त्यो योजनालाई लक्ष्यअनुसार सम्पन्न गरी त्यसलाई दिगो बनाउने तर्फ लाग्न समाज अलि पछाडि भएकोमा मात्र दुख छ ।
निर्वाचित भएर काठमाण्डौं आएका संसद बुढा जनताको संविधान जनताकै माझमा कार्यक्रमको निहु पारेर मंसिर १९ गते सदरमुकाम दुनैबाट हिडेर कहिल्यै नपुगेको तल्लो डोल्पाका गाविसहरु काइगाउं, रिमी, सर्मी, नर्कु र कालिका गाविसहरुका गाउं गाउं पुगेर कालिकाबाट जाजरकोटको तल्लुबगरबाट जाजरकोट, रुकुम हुदै अघिल्लो सोमबार काठमाण्डौ फर्केको उनका नीजि सचिव कामलबहादुर रोकायाले बताए । यस क्रममा जुफाल, त्रिपुराकोट, पाहाडा र लिकु गाविसहरुमा पनि संसद बुढा पुगेका थिए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





