समाचार तथा गतिविधि
पाठ्यपुस्तक समयमै ल्याउन निर्देशन
रेडियो डोल्पा एफएम
डोल्पा, २२ पुस
जिल्ला शिक्षा कार्यालय डोल्पाले जिल्ला भित्र सेवा प्रवाह गरिहेका पाठ्यपुस्तक विक्रेताहरुको बैठक बोलाई आगामी शैक्षिक सत्रका लागि जिल्लामा पाठ्यपुस्तक समयमै ल्याउन निर्देशन गरेको छ ।
डोल्पा जिल्ला भित्र पुस्तक पसल सञ्चालन गरेर कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकहरु विक्रिवितरण गर्दै आएका विक्रेताहरुलाई बोलाई गत मंगलवार बैठक गरेर सम्बन्धित निकायहरुसंग समन्वय गरी पाठ्यपुस्तक समयमा नै जिल्लामा ल्याइ पुरयाउन पाठ्पुस्तक विक्रेताहरुलाई निर्देशन गरिएको जिल्ला शिक्षा अधिकारी युवराज पौडेलले बताए ।
डोल्पा जिल्ला हिमाली जिल्ला भएको कारण फागुनबाट नयां शैक्षिक सत्र सुरु भई मंसिरमा सकिने गर्छ । त्यस कारण शैक्षिक सत्र २०७३ सुरु हुन करिव १ महिना मात्र बांकी रहेको बेला जिल्लामा समयमा नै पाठ्यपुस्तक ल्याई पुर्याउनका लागि पहल थालिएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ ।
थोरै विद्यालय र विद्यार्थी संख्या भएको डोल्पामा भौगोलिक बिकटताका कारण ६ जना पाठ्यपुस्तक विक्रेताहरुले क्षेत्र क्षेत्रका गाविसहरुमा पाठ्यपुस्तक विक्रिवितरण गर्दै आएको जिल्ला शिक्षा अधिकारी पौडेलले बताए ।
शैक्षिक सत्र सुरु हुनु भन्दा अघिल्लो महिनाको मसान्त भित्र जिल्लामा पाठ्यपुस्तक पुर्याईसक्नु पर्ने हुन्छ । कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक छपाई गर्ने जनक शिक्षा सामग्री केन्द्रले डोल्पा लगायतका कर्णालीका विभिन्न जिल्लामा आफै गएर वितरण गर्ने वा पुस्तक विक्रेता(एजेण्ट) मार्फत वितरण गर्ने बुधवारसम्म कुनै निर्णय नगरेको भन्ने जवाफ जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जबाट आफूले पाएको जिल्ला शिक्षा अधिकारी पौडेलले जानकारी दिए ।
कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकहरु गत वर्षदेखि नै नीजि प्रकाशन क्षेत्रलाई दिइसकेको छ । गत वर्ष नीजि क्षेत्रले स्थानीय पुस्तक विक्रेताहरु मार्फत पाठ्यपुस्तक पुर्याएको थियो भने जनक शिक्षा सामग्री केन्द्र आफैले पाठ्यपुस्तक डोल्पामा ल्याई वितरण गरेको थियो ।
यो वर्ष नीजि प्रकाशनहरु र जनक शिक्षा सामग्री केन्द्रले डोल्पा जस्तो ढुवानी गर्न कठिन रहेको जिल्लामा पाठ्यपुस्तक पठाउने तयारी हालसम्म नगर्नुले समस्या आउंन सक्ने संकेत देखेर जिल्ला शिक्षा कार्यालयले पहल सुरु गर्नु परेको जिल्ला शिक्षा कार्यालय डोल्पाका विद्यालय नीरिक्षक बीरबहादुर धामीले बताए ।
डोल्पा जिल्लामा रहेका १ सय १५ विद्यालयहरुमा विद्यार्थी संख्या धेरै छैन । जिल्ला शिक्षा कार्यालय डोल्पाका अनुसार कक्षा १ देखि कक्षा १० सम्म ९ हाजर १ सय ३४ विद्यार्थीहरु अध्ययनरत छन् ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





