clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
मुर्ति लुटेरा नसमातेकोमा सर्वत्र विरोध
रेडियो डोल्पा एफएम
   डोल्पा,  २१ पुस
 
   माथिल्लो डोल्पाको शे गुम्बाबाट ऐतिहासिक बुद्ध मुर्तिहरु र खर्बौको धनमाल लुटपाट गरी लग्ने लुटेरालाई प्रहरी प्रशासनले हालसम्म समातेर कारवाही नगरेको भन्दै सर्बत्र विरोध हुने गरेको छ । 
   बुद्ध धर्मावलम्बीहरुको तिर्थस्थल मानिने शेगुम्बाको मुख्य गुम्बाबाट सशस्त्र आएका लुटेराहरुले ऐतिहासिक १३ वटा बुद्ध मुर्ति, १६ थान पुराना पुलिकहरु, अन्य दैव्य बस्त्रहरु लगायतका अनमोल मूल्यको सम्पत्ति लुटेर लगेको र प्रहरी प्रशासनले लुटेरालाई हालसम्म पक्राउ गरी कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै सर्बत्र विरोध भैरहेको हो । 
    डोल्पाको सदरमुकाम दुनैमा स्थानीयहरुले विरोध गर्दै ऐतिहासिक मुर्ति लुटेर लिनेहरुको छिटो खोजि गरी कारवाही गर्न माग गरिरहेका छन् । लुटेरालाई पक्राउ गरी कारवाही गर्न र बांकी रहेका ऐतिहासिक सम्पत्तिको सुरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारलाई डोल्पाबाट निर्वाचित माननिय संसद धनबहादुर बुढाले आग्रह गरेका छन् । उनले यस अघि र हाल पनि यस्ता ऐतिहासिक सम्पदा लुट्ने, चोर्ने जो कोही होस त्यसलाई कडा भन्दा कडा कारवाहीको दायरामा ल्याउन समेत सदनमा आवाज उठाउदै आएको बताएका छन् । 
   यस अघि पनि धोको गुम्बाबाट, शहरतारा गुम्बाबाट, याञ्जेर गुम्बा साल्दाङ, फोक्सुण्डोका गुम्बाहरुबाट यस्ता ऐतिहासिक बुद्ध मुर्तिहरु चोरी भएका थिए । याञ्जेर गुम्बाका मुर्तिहरु चीनको भुमी तिब्बतमा पक्राउ परेर फिर्ता भएको बाहेक अन्य गुम्बाका मुर्तिहरु फिर्ता भएका छैनन् र चोर पनि प्रहरीले नसमातेकोमा सबैको आक्रोस प्रहरी प्रशासन प्रति बढ्दै गएको हो । 
   धेरै गुम्बाका मुर्तिहरु चोरि भएको र ति मुर्ति चोरहरुलाई प्रहरी प्रशासनले हालसम्म पनि पक्राउ नगरेकोमा आक्रोस समेत पोखेका थिए । विरोधको क्रममा आफ्नो पार्टीका शुसिल कोइराला प्रधानमन्त्री हुंदा धो र साल्दाङ्को दुई गुम्बाबाट मुर्तिहरु चोरी भएको कुरा बिर्सेर नेपाली कांग्रेस डोल्पाका उपसभापति अंगदकुमार बुढाले यी मुर्ति चोरी तथा लुटपाटमा सरकारी पक्षको मिलेमतो भएको आरोप एक कार्यक्रममा लगाएका थिए । 
   अझै पनि डोल्पामा सयौं गुम्बाहरुमा यस्ता पुराना ऐतिहासिक मुर्तिहरु र पुरातात्विक बस्तुहरु रहेकोले यी सम्पत्तिको संरक्षणमा सरकारले विशेष पलह गर्नु पर्ने र यसान सबैको सहयोग रहनु आवश्यक भएको माननिय संसद बुढाले सरकारसंग माग समेत गरेका छन् । 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्