समाचार तथा गतिविधि
डोल्पा जिल्लाले सरसफाईमा लक्ष्य पुरा गर्न सकेन
रेडियो डोल्पा एफएम
डोल्पा, २१ पुस
सरसफाई तथा स्वच्छता जिल्ला समन्वय समिति डोल्पाले गत सन २०१५ वर्ष भित्र डोल्पा जिल्लालाई खुला दिसा मुक्त जिल्ला बनाउने लक्ष्य पुरा गर्न सकेन ।
जिल्ला विकास समिति डोल्पाको नेतृत्वमा रहेको सरसफाई तथा स्वच्छता जिल्ला समन्वय समिति डोल्पाले सन २०१५ वर्ष भित्र डोल्पा जिल्लालाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरेर वातावरण सुधारको क्षेत्रमा राष्ट्रिय लक्ष्यलाई सहयोग पुर्याउने लक्ष्य अधुरै रहेको जिल्ला विकास समिति डोल्पाका स्थानीय विकास अधिकारी सन्तोषकुमार दाहालले बताए ।
गत वर्ष सन २०१५ भित्र कुनै हालतमा जिल्लालाई खुला दिसा मुक्त जिल्ला बनाउने लक्ष्य पुरा गर्न प्रयास गरे पनि सकिएन । स्थानीय विकास अधिकारी दाहालले भने, २३ गाविस रहेको डोल्पामा यो वर्ष भित्र जम्मा १५ वटा गाविसहरुलाई मात्र खुला दिसा मुक्त गाविस घोषणा गरियो ।
डोल्पाको सदरमुकाम दुनै नै खुला दिसामुक्त गाविस बन्न सकेन । त्यसै गरी भौगोलिक रुपमा कठिन रहेको माथिल्लो डोल्पाका ७ वटा गाविसहरुमा सफलता नमिलेको पनि जिल्ला विकास समिति डोल्पाले जनाएको छ ।
हालसम्म रह, फोक्सुण्डो, लावन, माझफाल, जुफाल, त्रिपुराकोट, पाहाडा, सुं, ल्हां, कालिका, लिकु, नर्कु, सर्मी, रिमी र काइगाउं गाविस खुला दिसा मुक्त गाविस घोषणा भैसकेका छन् । यी बाहेक दुनै, शहरतारा, मुकोट, छार्का, धो, साल्दाङ, तिन्जे र भिजेर गरी आठवटा गाविसहरु खुला दिसा मुक्त गाविसका लागि सुचक पुरा नगरेका कारण लक्ष्य पुरा हुन नसकेको हो ।
सबै गाविस सचिवहरुले तदारुक्ताका साथ लाग्ने हो भने चालु वर्ष सन २०१६ को आधाउधी भित्र डोल्पा जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गर्न सकिने देखिएको स्थानीय विकास अधिकारी दाहालले बताए । उनले थपे नेपाललाई खुला दिसा मुक्त देश घोषणा गर्ने राष्ट्रिय लक्ष्य सन २०१७ भित्र जसरी पनि डोल्पा जिल्लालाई खुला दिसा मुक्त जिल्ला भैसक्ने छ ।
खुला दिसा मुक्त घोषणा गरिएका गाविसहरुमा पूर्णसरसफाईको अभियान समेत सञ्चालन सुरु गरिसकिएको र केही वर्ष भित्र पूर्णसरसफाईको जिल्ला घोषणाको लक्ष्य राखिएको पनि स्थानीय विकास अधिकारी दाहालले बताए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





