समाचार तथा गतिविधि
पानीका मुल सुक्न थालेपछि खानेपानीमै समस्या
रेडियो डोल्पा एफएम
डोल्पा, १८ पुस
गावै भरिका प्राणीले खानेपानीको स्रोत पानीका मुल सुकेपछि त्रिपुराकोट गाविस रसीका मानिस र पशुचौपायाहरुले खानेपानीमा ठुलो समस्या उत्पन्न भएको छ ।
त्रिपुराकोट ७ र ८ रसी गाउंका मानिसहरुले चलन गर्ने मुल पानीको स्रोत सिमखोला सुकेपछि मानिसलाई खानेपानीको समेत समस्या उत्पन्न भएको छ । खानेपानीको खोला नै सुके पछि डेढ घण्टा हिडेर चारदेउली भन्ने ठाउंमा पुगेर पानी ल्याई खाने गरेको स्थानीय शेरबहादुर बुढाले बताए ।
पानीको मुल सुकेर मानिसहरुलाई खानेपानीको समेत समस्या उत्पन्नको अवस्थामा गाउंभरिका पशुचौपायाहरुका लागि पानीको के समस्या होला सहजै अनुमान लगाउन सकिन्छ ।
पहिले पहिले ठुलो पानी आउंने सिमखोलामा त्रिपुराकोट गाविस ७ र ८ नं. वडा पर्ने डांडागाउं, माझगाउं र गुम्बागाउलेहरु पानीको समस्यामा परेका हुन् । अब पानी लिन दैनिक डेढ घण्टा समय खर्चनु पर्ने भएको स्थानीयहरुले बताएका छन् ।
टाढा गएर पानी ल्याई पानी खानु पर्ने भए पछि यस गाउंका मानिसहरु पानी ल्याउनमा बिहान र सांझ पानी ल्याउन जान आउन र पालो पर्खेर भर्न गरी दैनिक ४ घण्टा समय खर्चन बाध्यता रहेको स्थानीयहरु दुखेसो पोख्छन् ।
यी तीन गाउंको एक मात्र पानीको स्रोत सिमखोलाबाट खानेपानी कार्यालय डोल्पाले धारा गाउंमा ल्याइदिएको थियो । पानी सुकेपछि खानेपानी कार्यालयले बनाइदिएको घारामा त एक थोपा पनि आउदैन खोलामा मसिनो सियो जत्रो धारा आउंने । डांडागाउं रसीकी चन्द्रा बुढाले बताइन् ।
यही सियो जत्रो मसिनो आउने पानी बिहान चिसोले ठांडो परेर जम्ने गरेको कारण विहान डेढ घण्टा टाढा रहेको देउली खोला जानु पर्ने बाध्यता रहेको र सांझपख लाइन बसेर मसिनो पानीले मुस्किलले आधा घरहरुले पानी पाउने बांकी सबै देउली खोलाबाटै पानी ल्याएर खान बाध्य छन् ।
त्रिपुराकोट गाविसका अनुसार डांडागाउंमा २७ घरधुरी, माझगाउंमा ६३ घरधुरी र गुम्बागाउंमा ४८ घरधुरी रहेका छन् । प्रत्येक घरमा औसत ५ जनाको दरले ७ जनाभन्दा बढि जनसंख्या रहेको यी गाउंमा २ हजारभन्दा बढि पुशुचौपायाहरु रहेका छन् ।
यस प्रकारको पानी सुक्ने समस्या डोल्पाका अन्य गाउंमा पनि देखा पर्न थालेका छन् । सर्मी गाविसको ओक्ट, नर्कु गासिको इलको लेक र धुपेना लगायतका ठाउंमा खानेपानीको धारा सुक्दै गएको स्थानीयले बताएका छन् ।
पानी सुक्नुको मुख्य कारण जंगल विनास हुनु भएको सामुदायिक वनउपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ डोल्पाका उपाध्यक्ष नरबहादुर बुढाले बताए । उनले थपे पानीको मुल भन्दा माथिको जंगलमा चरिचरण गर्ने, काठदाउरा काटेर, आगोलगाएर वन नासिए पछि पानीका मुल सुक्दै गएका छन् ।
दैनन्दिन मरुभुमिकरण हुदै गएको डोल्पा जिल्लामा रहेको थोरै वन क्षेत्रलाई जोगाउन सरकारी तथा सामुदायिक रुपमा पहल गर्नु जरुरी भैसकेको जिल्ला वन अधिकृत रामविचारी ठाकुर बताउछन् । उनी थप्छन् हामीले सचेतनाका कार्यक्रमहरु चलाएका छौं तर त्यो न्यून र अपर्याप्त भएको साथै समुदाय स्तरमा सचेत हुनु मुख्य आवश्यकता रहेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





