समाचार तथा गतिविधि
नेकपा एमालेका भातृ संगठनहरुको एकमुष्ठ अधिवेशन
रेडियो डोल्पा एफएम
डोल्पा, ११ पुस
नेकपा(एमाले) का भातृ संगठनहरु मध्ये ७ वटा जिल्ला समिति डोल्पाका अधिवेशन एकमुष्ठ रुपमा सर्वसहमतिले नेतृत्व चयन गर्दै सम्पन्न भएका छन् ।
बिहिवार संयुक्ति रुपमा उद्घाटन भई छुट्टा छुट्टै रुपमा बन्द सत्रहरु संचालन गरी शनिवार सम्पन्न नेकपा(एमाले)का विभिन्न ७ वटा जनवर्गीय डोल्पा जिल्लाका सबै संगठनहरुको अधिवेशनले सर्वसम्मत रुपमा आ–आफ्नो नेतृत्व चयन गर्दै सम्पन्न भएको नेकपा(एमाले) जिल्ला कमिटी डोल्पाका अध्यक्ष दत्तबहादुर बुढाले बताए ।
उहांका अनुसार शनिवार सम्पन्न अधिवेशनहरुले दलित उत्पिडित मुक्ति समाज डोल्पाको अध्यक्षमा लक्षि सार्की, लोकतान्त्रिक जनजाति महासंघ डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा, युवा संघ नेपाल डोल्पाको अध्यक्षमा विरेन्द्र बुढा, अखिल नेपाल महिला संघ डोल्पाको अध्यक्षमा पदमकुमारी बुढा, अखिल नेपाल किसान महासंघ डोल्पाको अध्यक्षमा धनबहादुर डांगी, प्रेस चौतारी नेपाल डोल्पाको अध्यक्षमा कमल बुढा र खेलकुद महासंघ नेपाल डोल्पाको अध्यक्षमा मुन बुढा निर्विरोध निर्वाचित भएका हुन् ।
संयुक्त रुपमा उद्घाटन भएको अधिवेशनले यी सातैवटा एमाले निकट जनवर्गीय संगठनहरुको छुट्टा छुट्टै बन्दसत्र संचालन गरी सबैको सम्पूर्ण जिल्ला समितिहरु सर्वसम्मत तथा निर्विरोध निर्वाचित गर्दै अधिवेशन सम्पन्न गरी शनिवार एकमुष्ठ रुपमा घोषणा गरिएको थियो ।
एमाले सम्वद्ध भातृ संगठनहरु मध्ये तीन वटा संगठनहरु पेशागत महासंघ नेपाल डोल्पा, लोकतान्त्रिक अपाङ्ग संगठन डोल्पा र अखिल नेपाल विद्यार्थी युनियन डोल्पाका अधिवेशन यस अघि नै सम्पन्न भैसकेका छन् । अब डोल्पामा अस्तित्वमा रहेका एमाले निकट २ वटा संगठन जनसंस्कृति महासंघ डोल्पा र नेपाल वुद्धिजीवि परिषद डोल्पाको अधिवेशन मात्र हुन बांकी रहेको पनि एमाले डोल्पाका अध्यक्ष रोकायाले बताए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





