clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
घर जाने बेला भैसक्दा पनि शिक्ष्ँकहरुको तलव निकासा भएन
रेडियो डोल्पा एफएम
   डोल्पा, १० पुस 
 
   चालु शैक्षिक सत्र सकिएर बिदा भई घर जाने अवस्था भैसक्दा पनि डोल्पा जिल्लाका प्राथमिक शिक्षकहरुको तलव निकासा भएको छैन ।
   जाडो बिदा भएर शिक्षकहरु आफूले पाउने तलव लिएर घर जाने पर्खाइमा बसेको पुसको दोस्रो साता बित्न लाग्दा समेत जिल्ला शिक्षा कार्यालय डोल्पाले प्राथमिक तहका शिक्षकहरुको तलव निकासा नदिएकोले शिक्षकहरु अप्ठेरोमा परेको शिक्षकका पेशागत संगठनहरुले बताएका छन् । 
   वर्षभरी पढाएर सबैलाई बिदा हुने जाडो मौसमका मुखमा केही खर्चपर्च लिएर घरतर्फ हिड्ने बेला भैसक्दा सम्म पनि जिल्ला शिक्ष्ाँ कार्यालय डोल्पाले तलव नदिएर नाटक गरेको नाम बताउन नचाहने त्रिपुराकोट गाविसको एक विद्यालयमा पढाउने शिक्ष्ँकले गुनासो गरे । उनले थपे बाटो खर्च समेत छैन । कसरी घर जाने । उनी एक प्रतिनिधि पात्र मात्र हुन् । जिल्ला शिक्षा कार्यालय डोल्पाले तलव निकासा नदिएकाले यस्तो समस्यामा सबै शिक्ष्ँकहरु परेको नेपाल राष्ट्रिय शिक्षक संगठन डोल्पाले जनाएको छ । 
   तलव निकासा दिने भनेको त हो तर स्थानीय विकास अधिकारी झर्नु भएका कारण निकासा दिन ढिलो भैसकेको छ । स्थानीय विकास अधिकारीसंग फोन गरेर प्राथमिक शिक्षकहरुको तलव भत्ता निकासाका लागि मात्र भए पनि हाल जिल्ला विकास समितिमा उपस्थित सुब्बालाई अख्तियारी पठाइदिन भन्ने सोचेको जिल्ला शिक्ष्ाँ अधिकारी युवराज पौडेलले फोन बताए । 
   शैक्षिक २०७२ को अन्तिम परीक्षा सकेर सबै विद्यालयहरुले नतिजा समेत प्रकाशन गरिसकेका छन् । उनीहरु तलव थापेर हिड्ने तयारीमा छन् । दिनदिनै लेखा शाखामा आएर कराउछन् म के गरु स्थानीय विकास अधिकारी नभएकाले निकासा दिन नसकिएको जिल्ला शिक्षा कार्यालय डोल्पाका लेखा अधिकृत लक्ष्मण शाहले फोनमा बताए । 
   नेपाल सकारले शिक्ष्ाँ नियमावली संशोधन गरी केही वर्ष अघिदेखि प्राथमिक तहका शिक्षकहरुको तलव भत्ता जिल्ला विकास समिति मार्फत जिल्ला शिक्षा कार्यालयमा निकासा ल्याई शिक्षकहरुलाई निकासा गर्नु पर्ने व्यवस्था गरेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्