clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
पशुचौपायाहरुको खोरेत नियन्त्रण तर्फ
रेडियो डोल्पा एफएम
   डोल्पा, ५ पुस
 
   डोल्पाका तल्लो तथा मध्य भेगमा पर्ने गाविसहरुका पशुचौपायाहरुमा एक महिना अघिदेखि फैलिएको खोरेत रोग नियन्त्रण तर्फ उन्मुख रहेको कृषकहरुले बताएका छन् ।
   तल्लो र मध्ये डोल्पाका गाविसहरुमा फैलिएको खोरेत रोग नियन्त्रण तर्फ उन्मुख रहेको जिल्ला पशु सेवा कार्यालय डोल्पाले जनाएको छ । कृषकहरुले पनि पशुहरु मर्न कम भएको बताएका छन् । 
   कालिका पशु सेवा केन्द्रका प्रमुख प्राविधिक सहायक नरबहादुर थापाका अनुसार जिल्ला पशु सेवा कार्यालय डोल्पाबाट पठाइएको पिपिआर भ्याक्सिन पशुहरुमा लगाए पछि पशुबस्तुहरु मर्न केही कम भएको हो । 
   पशुबस्तुहरु खोरेतले भकाभक मर्न थालेपछि कृषकहरुमा निरासा छाएको थियो । खोरेतले पशु नमर्ने कुनै पनि कृषकहरु नभएको कालिका ९ का सरोज थापाले बताए । उनले थपे भ्याक्सिन लगाए पछि र अन्य सफाइका उपाय अपनाए पछि पशुहरु मर्न कम भएकोले रोग नियन्त्रण हुदै गएको अनुमान गर्न सकिन्छ । 
   कालिका पशु सेवा केन्द्रको सेवा क्षेत्र सर्मी, नर्कू र कालिकाका करिब ४ हजार पशुबस्तुहरुमा पिपिआर भ्याक्सिन लगाइएको उक्त सेवा केन्द्रले जनाएको छ । उक्त सेवा केन्द्रका प्रमुख थापाका अनुसार सर्मीमा ३ सय ६, नर्कुमा २ हजार ८४ र कालिकामा १ हजार ४ सय ४६ पशुबस्तुहरुमा भ्याक्सिनेशन गरिएको थियो । 
   तल्लो र मध्ये डोल्पाका गाविसहरुमा भेडा, बाख्रा, गाई, भैसी लगायतका पशुबस्तुहरुमा खोरेत फैलिएको थियो । खोरेतले सर्मी, नर्कू, कालिका, रिमी, काइगाउं, पाहाडा, लिकु ल्हां, त्रिपुराकोट, सुं, जुफाल लगायतका गाविसहरुका २ हजारभन्दा पशुहरु मरेको कृषकहरुको दाबि छ । 
   जिल्ला पशु सेवा कार्यालय भने यति पशुबस्तुहरु मरे भन्ने एकिन तथ्याङक नआएको बताउछ । पशुहरु मर्न भने मरेकै उक्त कार्यालयका चन्द्रलाल धराला बताउछन् । 
   केही महिना अघि जुम्लाका पशुहरुमा खोरेत फैलिएको र त्यहांबाट पशुहरु मासुका लागि र पाल्नका लागि ल्याउने क्रममा रोग सरेर आएको जिल्ला पशु सेवा कार्यालय डोल्पाले जनाएको छ । यसमा कृषकहरुले गम्भिर भएर जिल्ला पशु सेवा कार्यालय डोल्पाले सूचित गरेको विषयमा सोच्नु पर्ने पनि जिल्ला पशु सेवा कार्यालय डोल्पाले जनाएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्