समाचार तथा गतिविधि
योजना अणुगमन र अवस्था अवलोकन गर्न संसद गाउ पुगे
रेडियो डोल्पा एफएम
डोल्पा, ४ पुस
आफूले वितरण गरेका तथा संसद विकास कोष र अन्य सरकारी वा गैरसरकारी निकायबाट निर्मित योजनाहरुको स्थलगत अध्ययन गर्न डोल्पाका संसद धनबहादुर बुढा गाउं पुगेका छन् ।
मुख्य गरी सडक विभाग र जिल्ला विकास समिति डोल्पाको संयुक्त लगानीमा निर्माणाधिन मौरे त्रिपुराकोट सडक खण्डको स्थलगत अणुगमन गर्न डोल्पाका प्रत्यक्ष निर्वाचित संसद धनबहादुर बुढा रिमी पुगेको जिल्ला विकास समिति डोल्पाले जनाएको छ ।
योजना निर्माण स्थल रिमीको कुच्चेभिर पुग्ने क्रममा त्रिपुराकोट, पाहाडा, लिकु, काइगाउं, रिमी गाविसमा निर्माण भैरहेका विकास योजनाहरुको पनि अणुगमन गरेको संसद बुढाले फोनमा बताए । उनले थपे बजेट अनुसारको काम सन्तोषजनक भएको तर ठुलो भूगोल र कडा चट्टानका कारण बजेट कमी रहेको महसुस भएको छ म काठमाण्डौ फर्के पछि यो कुरा उठाउछु ।
जनताको संविधान जनताकै लागि अभियान अनुसार गाउंमा पुग्ने क्रममा विकास योजनाहरुको समेत अणुगमन गर्न पाएको र नयां बनाउनु पर्ने सम्भावित योजनाहरुको पनि अवलोकन गरेको संसद बुढाले थपे ।
संसदहरु मार्फत वितरण गरिएका योजनाहरु दुरुपयोग भएको भन्ने राष्ट्रिय रुपमा चर्चा भए पछि आगामी वर्ष संसद विकास कोषबाट निर्माण गरिने योजना कही कतै दुरुपयोग नहोस भनेर सबै अध्ययन गर्न पनि गाउं पुगेको र आवश्यकता पहिचान गरी योजना वितरणमा सहयोग मिल्ने संसद बुढाको विचार छ ।
संविधान निर्माणका कारण निर्वाचित भए पछि पहिलो पल्ट गाउं अभियानमा निक्लेका संसद बुढाले आफूलाई निर्वाचित गराएकोमा सबैलाई धन्यवाद दिदै जनताको आफ्नै संविधान आइसकेको र अव विकासको पालो आएको समेत गाउ गाउमा बताउने गरेको सैगै अभियानमा रहेका नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य हंसबहादुर शाहीले बताए ।
गत वर्षसम्म एक करोड रुपैयाको योजना निर्माणको सिफारिस गर्न पाउने संसदले यो वर्षदेखि प्रतिवर्ष १ करोड ५० लाख बजेटको विभिन्न योजनाहरुका लागि संसद विकास कोष मार्फत जिल्लामा विकास हुने भएको छ । यो बजेटलाई भनेअनुसारका विकासका काममा प्रयोग गरी जिल्लाको वास्तविक, यथार्थ, दिर्घकालिन र सामुहिक योजनाको विकासमा लगाउन यो भ्रमणले सहयोग पुग्ने फोनमा संसद बुढाले बताए ।
संविधान जारी भए पछि जिल्ला आउने समय मिलेको यही मौका छोपेर गाउंगाउं घुम्ने योजना बनाएको पनि संसद बुढाले खुलाए । यस अघि अरुले भनेको वा सिफारिस गरेको भरमा योजना दिनु पर्ने बाध्यता थियो । आफै घुमेर यथार्थ बुझेपछि अन्धाधुन्दा रुपमा योजना सिफारिस गर्ने र त्यसबाट संसद विकास कोष बद्नाम हुनबाट बचिने संसद बुढाको दाबी छ ।
सदरमुकाम दुनैबाट जुफाल, त्रिपुराकोट, पाहाडा, लिकु, काइगाउं, रिमी, सर्मी, नर्कु, कालिका हुदै ल्हां गाविस भएर सदरमुकाम फर्कर्ने र वर्षाको समय पारेर बांकी गाविस र माथिल्लो डोल्पाका गाविसहरुमा स्थलगत भ्रमण गरी जनताका यथार्थ समस्या बुझेर योजना वितरण र निर्माणका काम गर्ने संसद बुढाले प्रतिबद्धता जनाए ।
गत मंसिर २७ गते सदरमुकाम दुनैबाट त्रिपुराकोट पाहाडा हुदै गाउं अभियानमा हिडेका संसद बुढाको टोली निर्माण भएका र निर्माण गर्नुपर्ने आवश्यक्ता भएका योजनाहरुको अणुगमन तथा अवलोकन गर्दै शुवार सर्मी पुगेको टोलीमा सहभागि नेकपा एमाले डोल्पाका सदस्य नरबहादुर बुढाले फोनमा बताए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





