समाचार तथा गतिविधि
नेपाल टेलिकमका सेवाहरुको नेटवर्क समस्या अझै सुल्झेन
रेडियो डोल्पा एफएम
डोल्पा, ४ पुस
नेपाल भरी हो वा डोल्पा जिल्लामा मात्र हो नेपाल टेलिकमका सबै सेवाहरुको नेटवर्क समस्याले सेवाग्राहीहरु दिक्क भएको गुनासो फैलिएको छ ।
नेपाल टेलिकमका नमस्ते, सिडिएमए र ल्याण्डलाइन फोनका साथै इन्टरनेट सेवाको नेटवर्क समस्याले इन्टरनेट सेवा सबैभन्दा प्रभावित भएको, नमस्ते र स्काई मोवाइलको नेटवर्क कहिले आउने जाने र फोन आएगएको थाहा नहुने, फोन उठाउदा कुरा नहुने तर पैसा काटिने, नेटवर्क देखिने तर कुरा नहुने समस्याले टेन्सन गराएको दुनै पसल गरी बसेका नारायण अधिकारीले बताए ।
गत मंगलवारदेखि इन्टरनेट नेटवर्कले झनै समस्या भएको र बल्ल शुक्रवार सांझपख देखि मात्र थोरै काम गर्न सुरु गरेको र यो पनि कति समय हो भन्ने चिन्ता बढेको शेरबहादुर बुढाले बताए ।
गत केही हप्ता यता नेपाल टेलिकमका विभिन्न सेवाहरुले हैरान बनाएको छ । कुरा गर्ने क्रममा ह्याङ हुने, कुरा नहुने, नसुुनिने, यता सुनिने उता नसुनिने, इन्टरनेटले काम नगर्ने समस्या बढेको र कुरा नहुदा मोवाइलको समस्या भयो भनेर आफूले मोवाइलनै फ्यांकेर फुटालेको कार्मा गुरुङले बताए ।
यो राष्ट्रिय समस्या हो या डोल्पा जिल्लाको मात्र समस्या हो भनेर सेवाग्राहीहरुले सोधेर हैरान पारेको नेपाल टेलिकम डोल्पाका प्रमुख दयाविक्रम के सी ले बताए । उनले थपे यहांको मात्र समस्या होइन भनेर सेवाग्राहीहरुलाई सम्झाउदै छिट्टै सुधार हुने बताउदै फर्काउने गरेको छु ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





