clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
रेडियो डोल्पा एफएम १०१.४ मेगाहर्जको वार्सिकोत्सव सम्पन्न
 २०६८ साल माघ ३ गते परीक्षण प्रसारण सुरु गरेको यस रेडियोले २०६८ चैत १५ गते सूचना तथा सञ्चार मन्त्रालयबाट नियमित प्रसारणको पत्र प्राप्त गरेको थियो यही मितिलाई वार्षिक उत्सवका रुपमा मनाउदै आएको रेडियो डोल्पा एफएम डोल्पाले दुई वर्ष पार गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । 
   यस कार्यक्रममा रेडियो स्थापना र सञ्चालनका लागि सहयोग गर्ने जिल्ला विकास समिति, किर्डाक नेपाल र ३३ जना संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो भने स्थापना कालदेखि घर भाडामा दिनुका साथै रेडियोको विकास र विस्तारका लागि सहयोग पुर्याउने समाजसेवी धनराम बुढालाई सम्मान गरिएको थियो भने रेडियोमा उत्कृष्ठ काम गर्ने स्ट्रिङ्गर (समाचारदाता) रुपलाल वोहोरालाई पुरस्कार र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । 
   सम्मानित तथा पुरस्कृत सबैलाई रेडियो डोल्पा एफएम अध्यक्ष एवम् रेडियो डोल्पा एफएमको दोस्रो वार्षिकोत्सव समारोहका अध्यक्ष विष्णुलाल बुढाले अविरावरण र प्रमुख अतिथि एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले प्रमाणपत्र प्रदान गरी सम्मानका साथ बधाई ज्ञापन गर्नु भएको थियो । 
   कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रमुख अतिथि, अतिथिहरु जिल्ला विकास समितिका सभापति एवम नि. स्थानीय विकास अधिकारी हरिलाल पुरी, नेपाली काँग्रेस डोल्पाका सभापति टंकप्रसाद उपाध्याय, नेकपा(एमाले) जिल्ला कमिटी डोल्पाका अध्यक्ष दत्तबहादुर रोकाया, एनेकपा माओवादी डोल्पाका रामबहादुर बुढा, राप्रपा नेपाल डोल्पाका अध्यक्ष योगेन्द्रबहादुर शाही, नेकपा–माओवादी डोल्पाका प्रतिनिधि पुष्प बुढा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपाल डोल्पाका अध्यक्ष चेतबहादुर रोकाया, नेकपा माले डोल्पाका प्रतिनिधि पुटे बुढा, राजमो डोल्पाका सचिव हर्कबहादुर गुरुङ्, डोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष लालिमान बुढा, जानजाति महासंघ डोल्पाका अध्यक्ष आङबहादुर लामा, गाविस हकहित संरक्षण केन्द्रका प्रतिनिधि बौद्धसिंह कठायत लगायतले रेडियो डोल्पा एफएमलाई जिल्ला भरिका सर्वसाधारणहरुले सुन्ने बनाउनका लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउदै रेडियो डोल्पा एफएमको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो । 
   यसका साथै रेडियो सञ्चालनका क्रममा रहेका विभिन्न समस्याहरुलाई सुधार गर्न समेत सकारात्मक सुझाव प्रस्तुत गर्नु भएको थियो । रेडियो डोल्पाका स्टेशन मेनेजर बबिकिशोर गुरुङ्ले सञ्चालन गरेको वार्षिकोत्सव कार्यक्रमलाई  समापन गर्दै रेडियो डोल्पाका अध्यक्ष विष्णुलाल बुढाले शुभाकामना मन्तव्य मार्फत अतिथिहरुले दिनु भएका सुझावहरुलाई गम्भिर रुपमा लिएको बताउदै रेडियो सुधार गर्ने र रेडियोलाई जिल्ला भरी सुन्ने बनाउन सहयोग गर्ने प्रतिवद्धता प्रति धन्यवाद दिदै रेडियोको दिगो विकास र विस्तारमा सिर्जनात्मक सहयोगको अपेक्षा गर्नु भएको थियो । अध्यक्ष विष्णुलाल बुढाले रेडियोलाई समुदायको आफ्नो बनाउनका लागि समुदायबाट आएका १ मिनटका सूचना, विज्ञापनहरु प्रतिपटकको रु.१० मा प्रसारण गर्ने अभियान सञ्चालन गर्ने, किर्डाक नेपालसंगको सहकार्यमा जनहितका लागि कर्णाली कचहरी संचालन गर्ने, यो वर्षबाटै स्ट्रिङ्गर रिपोटरहरु मध्येबाट एक जनालाई पुरस्कृत गर्ने घोषणा गर्नु भएको थियो । रेडियोलाई राम्रो बनाउनका लागि समाचारदाताहरु, कार्यक्रम सञ्चालकहरु लगायतका सबै स्ट्रिङ्गर रिपोटरहरुलाई क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिने बताउदै सबैबाट सहयोगका लागि अपेक्षा गरेको बताउदै सौजन्य रुपमा हल उपलब्ध गराउने जिल्ला विकास समिति, साउण्ड सिस्टम निशुल्क सहयोग गर्ने कर्णाली इनर्जी एवम् स्टेशनरी, मादल लगायतका वाद्धवादनका सामग्री उपलब्ध गराउने लर्डबुद्ध एकेडेमी, स्वागत गान प्रस्तुत गर्ने लगायतका विभिन्न काममा सहयोग पुर्याउने भाइबहिनीहरु, प्रमुख अतिथि, अतिथिहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु, रेडियोका सम्पूर्ण स्रोतहरु, रेडियो परिवार, रेडियोका शुभचिन्तकहरु, सहयोगीहरु, चन्दादाताहरु, कार्यक्रम प्रदान गर्नेहरु, विज्ञापनदाताहरु, अनुदान प्रदान गर्ने निकाय र व्यक्तिहरु लगायतका सबैलाई  धन्यवाद दिनु भएको थियो । भने रेडियोले वार्षिकोत्सव कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्