राजधानीको कमलपोखरीस्थित एक होटलमा बसेको बैठकले विवाद मिलाउने जिम्मा चार पदाधिकारीलाई दिएको छ । पदाधिकारीमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा सचिव पोष्टबहादुर बोगटी छन् ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले वैशाखमा निर्वाचन सम्पन्न गर्ने गरी पार्टी र सरकारबाट पहल गर्ने निर्णय भएको जानकारी दिए । 'विगतमा भएका पार्टी निर्णयका आधारमा निर्णय लिइनेछ,' उनले भने । एमाओवादीको यसअघिको पदाधिकारी बैठकले सहमतिका लागि लचिलो हुने निर्णय गरेको थियो ।
बैठकले सरकारबारे वार्ता र छलफल गर्दै जाने तर सार्वजनिकरुपमा कुनै अभिव्यक्ति नदिने निर्णय भएको सापकोटाले जानकारी दिए । सरकार छाड्ने विषयमा विवाद बढे केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक बोलाउने तयारी भएको छ ।
बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारी गर्दै जाने निर्णय गरेको छ । हेटौंडामा माघ २० देखि केन्द्रीय महाधिवेशन गर्ने निर्णय एमाओवादीले यसअघि नै गरेको थियो ।
Loading...





