समाचार तथा गतिविधि
सँसारबाटै लोपहुने हिउ चितुवाको सँरक्षण गर्न एक युवाले सँस्था खोलेर आफै हिउ चितुवा सँरक्षणको का
एक समाज सेवी युवाद्धारा संचालित संस्था यूथ फर नेचर–डोल्पा नामक सँस्थाले अहिले आएर यस जिल्लाका विभिन्न क्षोत्र लगाएत बिषेश गरेर हिमाली क्षेत्रमा लोपोन्मुख वन्यजन्तु हिऊँचितुवा संरक्षण जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका निर्देशक सुरज उपाध्यायका अनुसार सन् २०१३ जुनमहिना बाट सुरु भएको कार्यक्रमले डोल्पा जिल्लाका माथिल्लो डोल्पाका स्थानीयजनतासंग सहकार्य गरि हिऊँचितुवा संरक्षण जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। उपाध्यायका अनुसार मोहमद विन जायद (Mohamad Bin Zayed Species Conservation Fund) को आर्थिक सहयोगमा माथिल्लो डोल्पाका धो गाबिसको धा–े तराप स्थीत क्रिष्टल माउन्टेन बोर्डिङ्ग स्कुल, फोक्सुण्डो गाविसको रिग्मो स्थीत तापरिचा साईजल स्कुल र भिजेर गाविसको भिजेर स्थीत मुक्पोरोङ्ग हिमाल प्रा।वि। मा विभिन्न रचनात्मक कार्यक्रमहरु जस्तै ९चित्रकला, निबन्ध लेखन, हाजिरी जवाफआदि० गरि यिनै बिद्यालयका विधार्थीहरु द्धारा हिऊँचितुवा संरक्षण सम्बन्धि त्यस क्षेत्रका जनतामा जनचेताना जगाउने कार्य सम्पन्न गरेका छन। संस्थाका निर्देशक उपाध्यायका अनुसार डोल्पा जिल्ला संसारकै उच्चहिमाली क्षेत्र मध्य हिऊँचितुवाको लागि विशिष्ट वासस्थान भएको क्षेत्र भएको जिल्ला हो। जहाँ १०० वर्ग कि।मी। मा १० वटा हिऊँचितुवा वस्दछन जुन संसारकै उच्च घनत्व (Density) हो। हालआएर बढ्दो जनसंख्या र उच्च यार्चागुम्बा संकलनले गर्दा हिऊँचितुवाको वासस्थानमा ह्रास आई हिउचितुवा जोखिममा परेको छ। यसरी सँसारमै लोप उनमूख हिउचितुवाको अबस्थालाई बुझनको लागि उपाध्यायले सन् २०११ मा एक अध्ययन गरेका थिए । त्यतीबेला उनले अध्ययन गर्दा माथिल्लो डोल्पाका स्थानिय जनताको चरिचरण गर्ने ठाँउ भनेके हिमाली पाटन भएकोले हिऊँचितुवाले स्थानीयजनताको यस क्षेत्रमा चरणका लागि राखिएका बस्तुभाउ आक्रमण गरिरहन्थ्यो । यसरी आफ्ना बस्तुभाउ लाई मारि दिने भए पछि स्थानिय जनताले प्रतिशोधमा चेतनाको कमिले हिऊँचितुवा माथि आक्रमण हुने कार्य बढ्दो छ भन्ने कुराको पत्तालगाउनु भएको थियो। प्रतिशोधात्मक आक्रमण (Retaliatory Killings) न्यूनपार्नका लागि सस्थाकोे आर्थिक सहयोग र जिल्ला पशुसेवा कार्यालय, डोल्पाको प्राविधिक सहयोगमा पशु चिकित्सक गगन के।सी। ले साधारण पशु स्वास्थ्य तालिम पनि संचालन गर्नुभयो र यस तालिम पश्चात स्थानीयजनताले हिऊँचितुवा बाट आक्रमण गरिएका पशुवस्तुको उपचार आफैँ गर्ने र जसकाकारणबाट स्थानिय जनताले आर्थिक नोक्सानीव्यहोर्नु नपर्ने भन्ने आशा यूथ फर नेचरले लिएको सुरज उपाध्यायले बताउनु भयो । यसै गरि हिऊँचितुवा संरक्षणका लागि यस संस्थाले पोष्टर पनितयार पारेको छ र हाल रेडियो डोल्पा एफ।एम।को सहकार्यमा प्रकृतिको आवाजनामक साप्ताहिक कार्यक्रम संञ्चालन भैरहेको जानकारी दिनुभयो।
समग्रमा उपाध्याय थप्नुहुन्छ – डोल्पा जिल्ला प्राकृतिक स्रोत साधनले धनी र विशिष्ट छ तर यहाँको अशिक्षा, जनचेतनाको कमि र प्राकृतिक स्रोतको मुल्य थाहा नहुँदा यहाँका जनताले लिनु पर्ने प्रचुर मात्रामाफाईदा लिन सकिरहेका छैनन्। होम स्टे, हिऊँचितुवामा आधारित पर्यटन आदिकार्यहरु गर्न सकेमा यस जिल्लाले धेरै फाईदा लिन सक्ने थियो भनेर भन्नुहुन्छ यूथ फर नेचर–डोल्पाका संस्थाका निर्देशक सुरज उपाध्याय । हाल उहाँ अमेरिकामा बसेर सँरक्षणको क्षेत्रमा थप अध्ययन गदैहुनुहुन्छ यस पछि आफ्नै जिल्लामा बसेर यस्ते सँरक्षण क्षेत्रमा काम गर्ने र सारक्षणमा एक पहिचान दिलाउने आशा रहेको सुरज उपाध्याय बताउनुहुन्छ । यस्तै उपाध्याय जस्तै सबैले सँरक्षणमा चासो दिएको भए डोल्पा अझै प्रकृतिले धनी हने थियो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





