डोल्पामा आइतबार पनि हिमपात जारी हिमपातका कारण हवाइ सेवा अबरुद्ध, जनजिबन र पशु चौपाए समेतलाई असहज बन्दै ,
आईतबार बिहानै देखि पुर्ण हिमपात भैरहेकोले जाडो बढी दैनिक जनजिबन झन कष्टकर बन्दै भएको छ । अहिले सम्म भैरहेको हिमपातका कारण डोल्पाका पाखा गाउ बस्ती सेताम्यै भएका छन । डोल्पा देखि नेपालगञ्ज जानको लागी जुफाल बिमान स्थलमा ४ बसेर फिर्ता भएका कृष्ण सुबेदीको अनसार डोल्पाको एक मात्र यातायातको माध्याम जुफाल बिमान स्थलमा २ फिट हिउ जमेको र हवाई सेवा अबरुद्ध हुदा आफु लगाएत धेरै यात्रुहरु अलपत्र परेको बताएका छन । आइतबार बिहान देखि जिल्ला भरी एकै साथ हिम पात भैरहेको छ । हिमपात भए संगै जाँडो बढेको छ । सोहि कारण यहाँका स्थानियबासिन्दहरुको दैनिक दिनचार्य कष्टकर रहेको र माथिल्लो डोल्पाका साल्दाङ, भिजेर , धो , तिन्जे , छार्का , मुकोट , फोक्सुन्डो गाबिसका बासिन्दाहरु घर देखि बाहिर निस्कन समेत हम्मे हम्मे परेको स्थानिय आङ बहादुर लामाले बताएका छन । अहिले जिल्ला भरी हिमपात भेरहेकोले सबै स्थानहरुका पशु बस्तु लागाएत मान्छे समेतलाई कठिनाई भएको छ ।
Loading...





