clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
नेपाल रेडक्रस डोल्पाद्धारा जिल्लामै ब्लड बैक स्थापनाको तयारी
   जिल्लामा ब्लड बैंक आबश्यक्ता रहेको महसुस लामो समयदेखि हुदै आएको छ । आवश्यकता महसुस भएर मात्र नहुने भएकाले यसको स्थापना गरिहाल्नु पर्ने भन्दै आवश्यक तयारीका लागि नेपाल रेडक्रस सोसाइटी डोल्पाले छलफल सुरु गरेको छ । 
   नेपालकै पछि परेको डोल्पा जिल्लामा ब्लड बैंक नहुदा परेको मर्कालाई समाधान गर्न ब्लड बैंक संचालनका लागी भौतिक पुर्बाधार , भवन निर्मण , गर्नुपर्ने भएकोले भौतिक पुर्बाधार निर्माण गर्नका लागी प्राबिधिक दिष्टीकोणले उपयुत्त स्थानमा सो भौतिक पुर्बाधार निर्माणका लागी भवन निर्मण कार्यलय जुम्लालाई अनुरोध गर्ने र यस जिल्लामा संचालन हुने ब्लड बैकको लागी आवश्यक पर्ने अन्य उपकरण प्राबिधिक तथा तालिमका लागी सरोकारवाला , दातृ निकाय संग सहयोगका लागी अनुरोध गर्ने निर्णय प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षमा बसेको सर्वपक्षिय बैठकले गरेको नेपाल रेडक्रस शाखा कार्यलय डोल्पाका मन्त्री गोर्खबहादुर बुढाले जानकारी दिए ।   
    बुधबार नेपाल रेडक्रस सोसाइटी शाखा कार्यलय डोल्पाको आयोजनामा प्रमुख जिल्ला आधिकारीको अध्यक्षतामा सर्बपक्षिय बैठक बसेको र उक्त बैठकमा जिल्लाका राजनैतिक दल , बिभिन्न सरकारी कार्यलयहरुका प्रमुख तथा प्रतिनिधी , सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी र सरोकार वालाहरुको उपस्थिति थियो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्